एपीएफ समुह ‘ए’ बाट बिजेताका रूपमा सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०७
  • |
  • 244 पटक हेरिएको

साविक विजेता एपीएफ क्लब आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै समुह बिजेताका रूपमा अन्तिम चारमा स्थान बनायाे ।

एपीएफले आर्मीलाई २५-१०, १९-२५, २५-१८ र २५-११ काे सेटमा पाखा लगायाे । हारपछि पनि आर्मी समूह उपविजेतारूपमा सेमिफाइनलमा पुगेकाे छ ।

समूह ए मा एपीएफले ३ खेलमा ३ जितसहित एपीएफले ९ अंक जोड्यो भने आर्मीले ३ खेलमा ६ अंक जोड्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey