पुलिस सेमिफाइनलनजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०६
  • |
  • 337 पटक हेरिएको

विभागीय टिम नेपाल पुलिस क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित हात पारेकाे छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिस जित निकालेकाे हाे । पुलिसले ढोरपाटनलाई २५-५, २५-१५ र २५-८ ले पराजित गर्यो ।

जितसँगै समूह बी मा रहेकाे पुलिसले २ खेलमा ३ अंक जोडेको छ । याे जितसँगै पुलिस सेमिफाइनल नजिक पुगेकाे छ । अब न्यू डायमण्ड र ढोरपाटनबीच हुने समूह चरणको अन्तिम खेलले सेमिफाइनल पुग्ने टोलीको तय गर्नेछ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal