आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबलमा एपीएफकाे बिजयी सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०३
  • |
  • 182 पटक हेरिएको

विभागीय टिम नेपाल एपीएफ क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष भलिबल क्लब अन्तर्गत पुरुषतर्फ जितका साथ प्रतियाेगिता सुरू गरेकाे छ ।

त्रिपुरेश्वरस्थित राखेपकाे कभर्ड हलमा भएकाे खेलमा एपीएफले रारा बुलबुले क्लबलाई ३-१ को सेटमा पराजित गर्याे । एपीएफले रारा बुलबुलेकाे एक सेटकाे अग्रता उल्ट्याएकाे हाे ।

एपीएफले पहिलाे सेट २३-२५ ले गुमाएपनि त्यसपछिका लगातार तीन सेट जित्न सफल भयाे । जसमा दाेस्राे सेट २५-१२ ले जित्याे भने तेस्राे सेट २५-२० ले अाफ्नाे पक्षमा पार्याे । यस्तै चाैथाे सेटमा पनि २५-१८ काे जित निकाल्न सफल भयाे ।  तीन भारतीय खेलाडीसहित उत्रिएको राराले एपीएफलाई खेल अवधिभर नै पकड जमाउन भने दिएन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey