आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा आर्मीको विजयी शुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०३
  • |
  • 453 पटक हेरिएको

काठमाडौं, ३ माघ । काठमाडौंमा आजदेखि शुरु पाँचौं आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिपमा विभागीय क्लब त्रिभुवन आर्मीले विजयी सुरुआत गरेको छ ।

पुरुष तर्फ आज भएको पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–९ ले जितेको आर्मीले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–९ ले पक्षमा पार्दै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन आर्मीले विजयी शुरुआत गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।
१० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey