आरबीबी क्लब च्याम्पियनसिप भलिबल आजदेखि, पहिलो दिन तीन खेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०३
  • |
  • 216 पटक हेरिएको

काठमाडौं, ३ माघ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आरबीबी एनभीए क्लब च्याम्पियनसिप आजदेखि शुरुहुँदै छ । पुरुष तर्फ ११ र महिला तर्फ ७ टिमले प्रतिस्पर्धा गर्दैछन् । पुरुष तर्फ चार वटा समूहमा विभाजन गरिएको छ भने महिला तर्फ २ वटा समूहमा विभाजन गरिएको छ । नेपाल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष तर्फ ४ समूहबाट २–२ टिम क्वार्टरफाइनलमा प्रवेश गर्ने छन् भने महिला तर्फ ४ टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् ।

पुरुष तर्फ समूह ‘ए’ मा त्रिभुवन आर्मी, आरजी ग्रुप र नयाँबजार सामाजिक युवा क्लब छन् ।
समूह ‘बी’ मा बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम छन् ।
समूह ‘सी’ मा नेपाल पुलिससँगै मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समावेश छन् । समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब परेका छन् । यो समूहका दुवै टिम स्वतः क्वाटरफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताबाट उत्कृष्ट ६ टिमले क्लब लिगमा सहभागिताको अवसर पाउनेछन् । सहभागी हरेक टोलीले बढीमा ३ जनासम्म बिदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
महिला तर्फ समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र भरतपुर महानगरको टोली परेका छन् । चितवन टाइग्रेस टिमको मुख्य प्रायोजन भरतपुर महानगरले गरेकाले क्लबको नाम परिवर्तन भएको हो । समूह ‘बी’ मा न्यू डायमन्ड क्लब, नेपाल पुलिस र ढोरपाटन भलिबल क्लब छन् । प्रतियोगिताबाट उत्कृष्ट ६ टिमले क्लब लिगमा सहभागिताको अवसर पाउनेछन् । महिला टिमका हरेक टोलीले बढीमा ३ जनासम्म बिदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
पुरुष तर्फ शुक्रबार पहिलो खेलमा विहान साढे ९ बजे त्रिभुवन आर्मी र आरजी भलिबल ग्रुपकाबीचमा खेल हुने छ । विहान साढे ११ बजे एपीएफ र बुलबुले रारा क्लब भिड्ने छन् ।
महिला तर्फ शुक्रबार दिउँसो साढे १ बजे होङवाङजी न्यु डायमण्ड र नेपाल पुलिस आमने सामने हुने छन् । यो खेल अघि औपचारिक उद्घाटन समारोहको आयोजना गरिएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले गर्ने नेपाल भबिलल संघले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey