आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फ ७ टिममात्र, आर्मी र एपीएफ एकै समूहमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०२
  • |
  • 172 पटक हेरिएको

नेप्लेज, २ माघ । भोलिदेखि सुरु हुने आरबीबी एनभीए क्लब च्याम्पियनसिप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ ७ टिमको सहभागिता हुने भएको छ । यसअघि आयोजक नेपाल भलिबल संघले पुरुषतर्फ १२ टिमको सहभागिता निश्चित गरेको थियो । तर गन्डकी प्रदेशको टिम सहभागी नहुने भएको छ ।

बिहीबार अपराह्न बसेको टेक्निकल अफिसियलको बैठकले ७ टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र भरतपुर महानगरको टोली परेका छन् । चितवन टाइग्रेस टिमको मुख्य प्रायोजन भरतपुर महानगरले गरेकाले क्लबको नाम परिवर्तन भएको हो ।

समूह ‘बी’ मा न्यू डायमन्ड क्लब, नेपाल पुलिस र ढोरपाटन भलिबल क्लब छन् । प्रतियोगिताबाट उत्कृष्ट ६ टिमले क्लब लिगमा सहभागिताको अवसर पाउनेछन् । सहभागी हरेक टोलीले बढीमा ३ जनासम्म बिदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

भोलिदेखि माघ १० गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुने प्रतियोगितामा सहभागी टिमले खाने बस्ने व्यवस्था आफैंले गर्नुपर्नेछ ।

विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal