लुम्बिनी इन्टर कलेज फुटसल १० गतेदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०२
  • |
  • 292 पटक हेरिएको

काठमाडौं, २ माघ । काठमाडौ–लुम्बिनी कलेजको आयोजनामा आउँदो १० गतेबाट लुम्बिनी इन्टर कलेज फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
१२ गते सम्म संचालन हुने प्रतियोगितका सम्पूर्ण खेलहरु चुच्चेपाटीस्थित लुम्बिनी कलेजकै फुटसल मैदानमा हुने प्रतियोगिता संयोजक शम्भु कार्कीले बताए । प्रतियोगितमा उपत्यकाका कुल ३२ टोलीको सहभागिता रहने आयोजकले बताएको छ ।
प्रतियोगितालाई गत वर्ष झै यस पटक पनि होली एजुकेशन फाउन्डेशनले मुख्य प्रायोजन गर्नेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार हात पार्नेछ भने उपविजेताले नगद २५ हजार हात पार्नेछ ।
प्रतियोगिताका खेलहरु लिग कम नकआउटको आधारमा खेलाइने आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर, गोलकिपर र रक्षकलाई होली एजुकेशन फाउन्डेशनले आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey