बिग ब्यास लिगमा सन्दिपकाे उत्कृष्ट बलिङ, लिए २ विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०१
  • |
  • 172 पटक हेरिएको

बिग ब्यास क्रिकेट लिगमा मेलबर्न स्टारबाट खेलिरहेका नेपाली बलर सन्दिप लामिछानेले जारी लिगमा अहिलेसम्म कै उत्कृष्ट बलिङ गरेका छन । जसमा उनले तीन ओभरमा एक मेडेन राख्दै मात्र सात रन दिएर २ विकेट लिए ।

पहिलो ओभरमा कसिलो बलिङ गरेका उनले मात्र ३ रन दिए । टिमको सातौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका उनले मात्र तीन रन दिए । जसमा उनले पलिहो बलमा एक रन दिए भने दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बल डट गरेका उनले चौथो बलमा मात्र एक रन दिए । त्यसपछि पाँचौ र छैटौं बल उनले डट फाले ।

त्यसपछि दोस्रो ओभरमा पनि उनले कसिलो बलिङ गर्दै मात्र चार रन खर्चिए । जसमा उनको बलिङमा मार्कुस स्टोनीसले बनक्रोफ्टको विकेट ड्रप गरेका थिए । पहिलो बल डट फालेका सन्दिपले दोस्रो बलमा एक रन दिए । तेस्रो बल पनि डट फालेका उनले चौथो बलमा एक रन दिए । पाँचौ बलमा बेनक्रोफ्टलाई डिप कभरमा स्टोनीसले ड्रप गरे । छैटौ बलमा सन्दिपले एक रन खर्चिए ।

त्यसपछि ब्यक्तिगत तेस्रो ओभरमा उनले दुई विकेट हात पारे । जसमा उनले जोर्डनलाई पाँच रनमा आउट गरे भने रिचार्डसनलाई एक रनमा पेभेलियन फर्काए । सो ओभरमा उनले एक रन पनि खर्चिएनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey