एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दाे माघकाे पहिलाे साता

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२९
  • |
  • 349 पटक हेरिएको

एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो नेपाल ब्रान्चको आयोजनामा दोस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दौ प्रतियोगिता माघको पहिलो साता हुने भएको छ । माघ दुई, तीन र चार गते हुने प्रतियोगिता सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ ।

अमेरीकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट तेक्वान्दो नेपाल शाखाले यसपटक प्रतियोगितामा पुरुष ग्योरोगिमा ३८ र महिला तर्फ पनि ३८ तौल समुह राखेको छ ।

यस्तै पुम्से विधामा पुरुष तर्फ १२ र महिला तर्फ १२ गरी कुल एक सय वटा समुहमा खेल सञ्चालन गर्नेछ । यस खेलमा जम्मा १२ सय खेलाडीले ११० स्वर्ण र ११० रजत तथा २२० काश्यका लागि प्रतिस्पर्धा गराउनेछ ।

प्रतियोगितामा सहभागिमध्ये पहिलो हुने टिमले एक लाख रुपैयाँ पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal