आरबीबी एनभीए राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको तयारी पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२९
  • |
  • 307 पटक हेरिएको

काठमाडौं, २९ पुस । आरबीबी एनभीए राष्ट्रिय क्लब च्याम्पियनसिप शुक्रबारदेखि शुरुहुदैछ । त्यसका लागि तयारी पुरा भएको नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । ३ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिताका सवै खेल त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा हुने छन् । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुन लोको प्रतियोगितामा पुरुष तर्फ १२ र महिलातर्फ ८ टिमको सहभागीता रहने छ ।

पुरुषमा विभागीय टिमहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिसका साथै, हेल्प नेपाल, मणिमुकुन्द, नयाँ बजार, जावलाखेल, ढोरपाटन, काभ्रे जिल्ला, गण्डकी प्रदेश, आरजी भलिबल ग्रुप र पार्वती युवा क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
महिलामा पनि तीन विभागीय टोलीका साथै, न्यू डायमन्ड, जावलाखेल, ढोरपाटन, चितवन टाइग्रेस र गन्डकी प्रदेशको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी क्लबले ३ जना विदेशी खेलाडी राख्न पाउनेछन् ।

प्रतियोगिता अन्तर्गत पुरुष तर्फ आर्मी र महिला तर्फ एपीएफ डिफेन्डिङ च्याम्पियन हुन् ।

दुवै तर्फका विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका पुरुष र महिला दुवै तर्फ सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey