न्यु डायमण्ड भलिबलमा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२७
  • |
  • 407 पटक हेरिएको

काठमाडौं, २७ पुस । राजधानीमा भएको तेस्रो संस्करणको न्यु डायमण्ड राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफ क्लबले जितेको छ । आइतबार भएको फाइनलमा आयोजक टिम न्यु डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपीएफले गत संस्करणको पनि उपाधि जितेको थियो ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबमा भएको फाइनलमा एपीएफ २५–२०, २५–१८ र २५–२३ को सेटमा विजयी भयो । एपीएफलाई च्याम्पियन बनाउन योगदान गरेकी नेपाली राष्ट्रिय टिमकी पनि नियमित सदस्य सरस्वती चौधरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन् । उनले सर्वोतत्कृष्ट खेलाडी स्वरुप नगद २१ हजार १ सय १ र विधागत तर्फ उत्कृष्ट सर्भरसहित ७ हजार १ सय १ गरि २८ हजार २ सय २ रुपैयाँ नगद पुरस्कार पनि जितिन् ।

न्यू डायमण्ड महिला भलिबलकाे उपाधि फेरीपनि एपीएफले जित्याे

त्यस्तै अन्य विधामा भने न्यु डायमण्डकै खेलाडीको वर्चश्व रह्यो । न्यु डायमण्डकी प्रतिभा मालि उत्कृष्ट सर्भर, नेपाली टिमकी कप्तान समेत रहेकी अरुणा शाही उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो (डिफेन्डर)को पुरस्कार जितिन् ।

यस्तै एपीएफकी हिरा केसी र नेपाल पुलिसकी कोपिला रानाले उत्कृष्ट क्वीकरको पुरस्कार हात पार्दा उत्कृष्ट प्रशिक्षकको पुरस्कार भने एपीएफलाई टिम च्याम्पियन बनाएका महेशबहादुर चौधरीले पाए । विधागतरुपमा उत्कृष्ट भएका खेलाडी तथा प्रशिक्षकहरुले जनही ७ हजार १ सय १ रुपैयाँ पाए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal