न्यू डायमण्ड महिला भलिबलकाे उपाधि फेरीपनि एपीएफले जित्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२७
  • |
  • 226 पटक हेरिएको

न्यू डायमण्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि फेरीपनि एपीएफ क्लवले जितेको छ । फाइनलमा आयोजक न्यू डायमण्डलाई तीन शुन्यको सोझो सेटमा हराउँदै एपीएफले उपाधि उचाल्यो ।

गंगोबु स्थित ढोरपाटन भलिबल क्लवको कोर्टमा भएको फाइनलमा एपीएफले न्यू डायमण्डलाई २५–२०, २५–२३ र २५–१८ को सेटमा हरायो ।
खेलको सुरुवात देखि नै राष्ट्रिय खेलाडीले भरिएको एपीएफले न्यू डायमण्डलाई दबावमा राखेको थियो ।

जसमा पहिलो सेट एपीएफले २५–२० ले जित्यो । दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो सेट २५–१८ ले जित्न सफल भयो ।

उपाधिसँगै एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गरेको छ । न्यु डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँमा चित्त बुझायो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal