महिला भलिबल सेमिफाइनल : पुलिसविरुद्ध एपीएफ २–० को सेटले अगाडि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२६
  • |
  • 178 पटक हेरिएको

काठमाडौं, २६ पुस । साविक विजेता विभागीय नेपाल एपीएफ क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ । एपीएफलाई फाइनल प्रवेशका लागि १ सेट मात्रै जिते पुग्ने छ । पुलिसे भने बाँकी तीन सेट नै जित्नु पर्ने छ ।

नयाँ वसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा जारी पहिलो सेमिफाइनलमा अर्को विभागीय क्लब नेपाल पुलिसलाई अहिल सम्म २–० ले पछि पार्दै फाइनल नजिक पुगेको हो । पहिलो सेट २५–१४ ले जितेको एपीएफले दोस्रो सेट २५–१८ ले आफनो पक्षमा पारेको हो ।

पहिलो सेटः
पुलिसले ६ अंक बनाउँदा १४ अंक बनाएको एपीएफले लगातार ६ अंक गुमाएको थियो । पुलिसले १२ अंक बनाउँदा एपीएफले लगातार २ अंक अंक जोड्दै चार अंकको अग्रता बनाउन सफल भयो । लगातार अंक जोड्दै एपीएफले १८ अंक बनाउँदा पुलिसले १३ अंक पुर्यायो । रेश्मा भण्डारीले सर्भिसमार्फत एपीएफका लागि अंक ल्याएको थिइन ।

यस्तै पुलिसकी कमला पुनले टिमका लागि एक अंक थप्दै १४–२० को अवस्थामा लगिन् । पुलिसकी पुनम चन्दले गरेको प्रहार बाहिरएपछि एपीएफले अंक लिएको थियो । हिरा केसीले एपीएफले पनि उत्कृष्ट प्रदर्शन गर्दै एपीएफका लागि अंक ल्याउन सफल भइन् । निरुता ढगुंनाले अन्तिम अंक ल्याए पछि एपीएफ पहिलो सेटमा २५–१४ ले विजयी भयो ।

दोस्रो सेटः

दोस्रो सेटमा पुलिसले पहिलो अंक लिएको थियो । सरस्वती चौधरीको स्पाइक विग्रिएपछि पुलिसले पहिलो अंक लिएको थियो । दोस्रो पटक भने सरस्वतीले नै अंक लिइन् । पुलिसकी कमला पुनले सर्भिस विगारेपछि एपीएफले अंक लिँदै २–२ बनायो । सुरुदेखिनै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले ५ अंक जोड्दा एपीएफले चार अंक बनाएको थियो ।

पुलिसकी पुनम चन्दले नेट टच गरेपछि दुवै टिमको स्कोर ५–५ बनेको थियो । त्यसपछि एपीएफका लागि निरुता ठगुंना र हिरा केसीले अंक दिलाउँदै पुलिसविरुद्ध ३ अंकको अग्रता दिलाए । एपीएफको ८ अंक हुँदा पुलिसको ५ अंक थियो । पुलिसकी उषा भण्डारीको प्रहारलाई एपीएफकी हिरा केसीले ब्लक गर्दै एक अंक लिइन् । ९ अंक बनाएका बेला एपीएफकी रेश्माले सर्भिस मिस गरेपछि पुलिसले १ अंक लिँर्दै ६ बनाएको थियो ।

यस्तै एपीएफले प्लेसमेन्टमा अंक लिँदै एपीएफले १० अंक बनायो । लगातार ३ अंक लिँदै पुलिसले अग्रता कम गर्ने प्रयास गरेको थियो । अग्रता १ मा झरेका बेला पुलिसका खेलाडीबीच ब्लक गर्ने तालमेल नमिल्दा एपीएफले १ अंक लिन सफल भयो । त्यसपछि हिराको ब्लक गर्न नसक्दा पुलिसले १ अंक लिँदै अग्रता १ मा झार्न सफल भयो । सरस्वतीले अंक लिएपछि फेरि अग्रता लियो । पुलिसकी कोपिलाले उत्कृष्ट प्लेसमेन्ट गरेपछि दुवै टिमको स्कोर १३–१३ बनेको थियो ।

त्यस लगत्तै निरुता ठगुन्नाले एपीएफका लागि अंक जोड्दै १४–१३ बनाइन् । अर्को एक अंक जोड्दै १५ बनाएको एपीएफले गल्ती गर्दा पुलिसले अंक लिँदै अग्रता १ मा झारेको थियो । पुलिसलाई १४ अंकमा रोक्दै एपीएफले लगातार तीन अंक लिएको थियो । एपीएफले पुलिसलाई १६ अंकमा रोक्दै ५ अंकको अग्रता लिएको थियो । उषा भण्डारीको स्पाइकमा पुलिसले थप एक अंक जोडेको थियो । एपीएफका लागि सरस्वतीले स्पाइकमार्फत अंक लिन सफल भइन् । सर्भिसमा कप्तान विनिता बुढाथोकीले अंक लिएपछि अन्ततः एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey