एपीएफ न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल, पुलिस बिरुद्ध एपीएफ पहिलाे सेटमा विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२६
  • |
  • 172 पटक हेरिएको

काठमाडौं, २६ पुस । साविक विजेता विभागीय नेपाल एपीएफ क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलको पहिलो सेट जितेको छ ।

नयाँ वसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा आज भएको पहिलो सेमिफाइनलको पहिलो सेटमा अर्को विभागीय क्लब नेपाल पुलिसलाई २५–१४ ले जितको हो । पुलिसले ६ अंक बनाउँदा १४ अंक बनाएको एपीएफले लगातार ६ अंक गुमाएको थियो ।

पुलिसले १२ अंक बनाउँदा एपीएफले लगातार २ अंक अंक जोड्दै चार अंकको अग्रता बनाउन सफल भयो । लगातार अंक जोड्दै एपीएफले १८ अंक बनाउँदा पुलिसले १३ अंक पुर्यायो । रेश्मा भण्डारीले सर्भिसमार्फत एपीएफका लागि अंक ल्याएको थिइन ।

यस्तै पुलिसकी कमला पुनले टिमका लागि एक अंक थप्दै १४–२० को अवस्थामा लगिन् । पुलिसकी पुनम चन्दले गरेको प्रहार बाहिरएपछि एपीएफले अंक लिएको थियो । हिरा केसीले एपीएफले पनि उत्कृष्ट प्रदर्शन गर्दै एपीएफका लागि अंक ल्याउन सफल भइन् । निरुता ढगुंनाले अन्तिम अंक ल्याए पछि एपीएफ पहिलो सेटमा २५–१४ ले विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal