लिगमा मच्छिन्द्र शीर्ष स्थानमा, जावलाखेलकाे पहिलाे हार

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२६
  • |
  • 198 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लवले चौथो जित निकालेको छ । जितसँगै मच्छिन्द्र केहि छिनका लागि भएपछि लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लवलाई एक शुन्यले हरायो । स्टार खेलाडीले भरिएको मच्छिन्द्र विरुद्ध खेलको १० औं मिनेटमा जाउलाखेलका हरी कठायतले उत्कृष्ट मौका खेर फाले ।

त्यसपछि २३ औं मिनेटमा फरी हरी कठायतले पाएको निकै राम्रो मौका खेर फाल्दा जावलाखेलका लागि भारी भयो । ३० औं मिनेटमा विशाल राईको फ्रिकिकमा अभिशेख रिजालको पहारलाई जावलाखेलका डिफेन्डरले बचाए ।

त्यसको एक मिनेटपछि मच्छिन्द्रले खेलमा अग्रता बनायो । उसका लागि विशाल राईले गोल गरे । ४० औं मिनेटमा रेजिन शुब्बाले ओपन नेटमा गोल गर्न सकेनन् । जसका कारण मच्छिन्द्रले अन्तर दुई शुन्यमा पुर्याउने सुनौलो मौका खेर फाल्यो ।

४२ औं मिनेटमा रेजिनले नै गोल गरेका थिए । तर रेफ्रिले त्यसलाई अफसाईड दिए । पहिलो हाफमा एक गोलले पछि परेको जावलाखेलले ४८ औं मिनेटमा बराबरी गर्ने सुन्दर मौका पाएको थियो । उसका कुबेर विष्टको फ्रिकिकमा फोडी फोफानको हेडर पोष्ट नजिकैबाट बाहिरीयो ।

त्यसपछि दुबै टिमबाट खासै राम्रो मुभ हुन सकेन र जसका कारण मच्छिन्द्रले जावलाखेल विरुद्ध एक शुन्यको संघर्षपुर्ण जित निकाल्यो । जितसँगै मच्छिन्द्रले ६ खेलमा १३ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ । जाउलाखेलको ६ खेलमा नौं अंक रहेको छ ।

जारी लिगमा जावलाखेलको यो पहिलो हार हो ।
हेराै भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal