भारोत्तोलनका तीन महारथी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 738 पटक हेरिएको

माघ १४, काठमाडौं । भारोत्तोलनको विकास र विस्तारमा दत्तचित्त रही खेलको विकासमा सक्रिय रहेका तीन जनालाई काठमाडौं जिल्ला भारोत्तोलन संघले सम्मान गरेको छ ।

प्रमुख प्रशिक्षक तथा महासचिव पार्थसारथी सेन गुप्ता, सचिव तिलक राउत र भारोत्तोलनका पहिो ओलम्पियन राजेन्द्र प्रधानलाई संघले सम्मान गरेको हो ।

गुप्तालाई अग्रज ब्यक्तित्व सम्मान, राउतलाई लाईफ टाइम एचिभमेन्न अवार्ड र प्रधानलाई प्रथम ओलम्पियन अवार्डबाट सम्मानित गरिएको हो ।

सम्मानित तीनै जनालाई काठमाण्डौ जिल्ला भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल भारोत्तोलन संघका सदस्य विजेन्द्र विक्रम शाहले जिल्ला संघद्वारा आयोजना गरिएको कार्यक्रमका विच कदर पत्र प्रदान गरेका हुन् ।

यस्तै अर्का सम्मानित व्यक्तित्व सविच राउतलाई खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकका रुपमा नेपालमा भारोत्तोलनको विकास र विस्तारमा पु¥याएको योगदानको करदर गर्दै लाईफ टाईम एचिभमेण्ट अर्वाडबाट सम्मान गरिएको हो ।

यस्तै ओलम्पियन प्रधानलाई नेपाल भारोत्तोलन खेलको प्रथम ओलम्पियन बन्ने सौभाग्य प्राप्त गर्नु भई नेपालमा भारोत्तोलन खेलको विकास र विस्तारमा निरन्तर पु¥याउनु भएको योगदानको कदर गर्दै प्रथम भारोत्तोलन ओलम्पियन सम्मान प्रदान गरिएको हो ।

सोही अवसरमा काठमाण्डौ जिल्ला भारोत्तोलन संघले अन्तरक्लब भारोत्तोलन प्रतियोगिता चैत्र महिनामा गर्ने घोषणा गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey