एपीएफलाई हराएपछि संकटा सातौं स्थानमा उक्लियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२४
  • |
  • 195 पटक हेरिएको

गत संस्करणको उपविजेता संकटा क्लबले जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पाँचौं खेलमा दोस्रो जित निकालेको छ ।

दशरथ रंगशालामा आज सम्पन्न खेलमा संकटाले बिभागीय टोली एपीएफलाई ४–२ गोलको झिनो अन्तरमा पराजित ग¥यो । सिमसिमे वर्षासँगै अत्याघिक चीसो मौसममा संकटाले खेलको १९ औं मिनेटमा लक्ष्मण रुचालको गोलसँगै खाता खोलेको थियो ।

पहिलो हाफ सकिनु १ मिनेटअघि कर्ण लिम्बुले गोल गरेपछि संकटा सहज स्थितिमा पुग्यो । दोस्रो हाफमा पनि उसले १ गोल थप्यो । ५३ औं मिनेटमा अजेय मार्टिन्सले गोल गरेका थिए । तर त्यसपछि लगातार २ गोल गरेपछि एपीएफले खेलमा फर्कने प्रयास गरेको थियो । उसका लागि नवीन लामाले ५६ र आशिष लामाले ७२ औं मिनेटमा गोल गरी अन्तर कम गरेका थिए ।

८६ औं मिनेटमा मार्टिन्सले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि निर्णायक गोल गरेपछि संकटाको जित निश्चित बन्यो । जितसँगै संकटाले ५ खेलबाट २ जितसहित ७ अंक जोडेको छ । यो जितपछि संकटाले लिगको पोजिसनमा पनि छलाङ मारेको छ ।

११ औं स्थानमा रहेको संकटा सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंकमात्र रहेको एपीएफ भने ११ औं स्थानमा पुगेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey