महिला भलिबलमा आज ५ खेल, आर्मी र एपीएफ पनि भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२४
  • |
  • 199 पटक हेरिएको

काठमाडौं, २४ पुस । राजधानीमा तेस्रो होंगान्जी न्यु डायमन्ड कप राष्ट्रिय महिला भलिबलको तालिका परिमाजर्न गरिएको छ ।

नयाँ वसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा वुधबारदेखि शुरु भएको प्रतियोगिताको तालिका परिमाजर्न गरिएको हो । वर्षाका कारण वुधबारको खेल प्रभावित भएपछि तालिका नै परिमार्जन गर्नु परेको हो ।

पूर्व निर्धारित तालिका अनुसार २६ गते फाइनल खेल हुनुपर्नेमा फाइनल खेल नै एक दिन पर सरेको छ । प्रतियोगिता अन्तर्गत वुधबार ४ मध्ये २ खेल प्रभावित भए । प्रभावित भएका खेलहरु शुक्रबार हुने छन् ।

प्रतियोगिता अन्तर्गत विहीबार ५ खेल हुने छन् । विहीबार विहान ९ बजे ढोरपाटन स्पोर्टस क्लब र नेपाल पुलिस भिड्दा टप्स र त्रिभुवन आर्मीले साढे १० बजे खेल्ने छन् ।

१२ बजे न्यु डायमण्ड र ढोरपाटन तथा साढे १ बजे पारामाउण्ट र टप्स स्कूलले खेल्ने छन् । यस्तै पाँचौं खेलमा दिउँसो तीन बजे एपीएफ र आर्मी आमने सामने हुने छन् ।

प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ तथा दोश्रो हुनेले ३ लाख १ सय १ रुपैयाँ नगद राखिएको छ । तेश्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey