नयाँ उचाई चुमेका सन्तोषको ‘सिम्पल रिप्लाई’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२३
  • |
  • 407 पटक हेरिएको

नेपालको सबैभन्दा पुरानो र ठुलो फुटबल प्रतियोगिता ए डिभिजन लिगमा एक सय गोल पुर्याउनु कुनैपनि खेलाडीका लागि सजह हुँदैन । गोलको सतक बनाउँनु आफैमा पनि खेलाडीका लागि ठुलो गर्वको विषय हो । लिग फुटबल सयौ खेलाडीहरुले खेले होलान तर एक सय गोलको कोषे ढुंगा पुरा गर्ने पहिलो खेलाडी बनेका छन, सन्तोष साउखल ।

मध्यपुर युथ क्लवबाट फुटबल करियर सुरु गरेका सन्तोषले २०६० सालमा थ्रीस्टारमा अनुबन्ध भएपछि उनको करियरले उचाई लिएको थियो । उनी शिर्ष डिभिजनको क्लवबाट पहिलो पटक खेल्दा एक सिजनमा ६ गोल गरेका छन । लिगको १७ बर्षको करियरमा उनले कति खेलमा एक सय गोल पुरा गरे भन्ने एकिन तथ्यांक नभएपनि उनले कुन क्लवबाट कति गोल गरे भन्ने एकिन छ ।

सन्तोषले लिग खेल्दा सबै भन्दा धेरै फापेको क्लव थ्रीस्टार हो । उनले सो क्लवमा ६ सिजन खेल्दा ७१ गोल गरे । त्यसपछि उनले एक सिजन मनाङबाट खेले । जसमा उनले १६ गोल गरे । करारमा एपीएफबाट लिग खेल्दा उनले ६ गोल गरेका थिए । जुन २०६१ सालको लिग थियो । थ्रीस्टारबाट पहिलो पटक खेलेपछि उनी एपीएफमा करारमा गएका थिए ।

त्यसपछि फेरी उनी पुरानो क्लव थ्रीस्टारमा नै फर्किए । जसमा उनले तीन सिजनमा ३९ गोल गरे । २०६२ को लिगमा नौ गोल गरेका साउखलले २०६३ सालका लिगमा ११ गोल गरेका थिए । यस्तै २०६६–६७ सालका लिगमा उनले १९ गोल गरेका थिए । जुन बेला उनी सर्वाधिक गोलकर्ताको सूचीमा थिए ।

त्यसपछि उनी एक सिजन मनाङमा अनुबन्ध भए । जसमा उनले १६ गोल गरे । २०६९ को लिगमा उनी फेरी थ्रीस्टारमा अनुबन्ध भए । सो लिगको उपाधि थ्रीस्टारले जित्दा साउखल हिरो भएका थिए । सो लिगमा साउखलले १७ गोल गरेका थिए । त्यसपछि २०७० को लिगमा पनि उनले थ्रीस्टारबाट खेल्दा नौ गोल गरे । त्यसपछि उनी लगातार च्यासलबाट लिग खेल्दै आएका छन । जसमा उनले दुई सिजन गरेर अहिलेसम्म आठ गोल गरेका छन ।

पहिलो पटक शिर्ष डिभिजन लिग खेल्दा सन्तोषले २०६० सालका लिगमा संकटा विरुद्ध थ्रीस्टारबाट गोल गरेका थिए । जुन उनको ए डिभिजन लिगको पहिलो गोल थियो ।

सन्तोषले फुटबल क्लव करियरमा आठ वटा क्लवबाट खेले । जुनबाट खेले उनले आफ्नो सतप्रतिशत दिए । पुलिस विरुद्धको खेलमा एक शुन्यले पछि परेको अवस्थामा सन्तोषले बराबरी गोल गर्दै एक सय गोलको आँकडा पार गरे ।

तर खेलपछि एक सय गोलको प्रतिक्रियामा भने त्यस्तो उत्साह थिएन । उनले सामान्य रुपमा यसलाई लिएको बताए । उनले भने सय गोल भन्दा पनि च्यासललाई जिताउनु थियो । टिमलाई माथि पुर्याउन ध्यान छ ।  उनले थपे, खुसीयाली मनाउने कुनै योजना थिएन । सामान्य अनुभव प्राप्त गरे । यसका साथै उनले लिग निरन्तर भएको खण्डमा अन्य खेलाडीले आफ्नो कीर्तिमान भंग गर्न सक्ने बताए ।

उनले भने सुरेन्द्र तामाङले ५० गोल पुरा गर्दा कसरी पुर्याउने भन्ने तिर लागे । त्यसको खुसी मनाए । तर अहिले त्यस्तो केही लागेन ।

हेराै भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey