क्यानकाे नयाँ बार्षिक क्यालेन्डरकाे ड्राफ्ट, नेपाल प्रिमियर लिग कार्तिकमा गर्ने प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२२
  • |
  • 614 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती आएको करिव पाँच महिना हुन लाग्यो । यो विचमा क्यानको दुई पटक बोर्ड बैठक बसेको थियो । पहिलो बैठक कार्तिकको पहिलो साता बसेकोमा दोस्रो बैठक पुष २१ गते बसेको थियो । पहिलो बैठकमा सामान्य एजेण्डाहरु भएपनि दोस्रो बैठकमा क्यानको बार्षिक क्यालेन्डरका विषयमा पनि चर्चा भएको थियो । जसमा सबै कार्यसमितीका पदाधिकारीकालाई प्रतियोगिता सञ्चालन संयोजक समितीका प्रमुख प्रशान्त मल्लले प्रतियोगिताको बार्षिक क्यालेन्डर तयार पारेर बुझाएका थिए ।

नेपालमा घरेलु क्रिकेट प्रतियोगिता अझैपनि निकै कमजोर रहेको छ । विचमा क्यान नुहुनु, जिल्ला, क्षेत्र (हाल प्रदेश) स्तरमा कुनैपनि प्रतियोगिता नुहुनु, राष्ट्रिय स्तरमा पनि एक दुई वटा मात्र प्रतियोगिता हुनुले घरेलु प्रतियोगिता निकै फितलो भएको थियो । अब क्यान आफैले जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा नियमित प्रतियोगिता गर्नका लागि प्रस्तावित क्यालेन्डर बनाएको छ ।

जसमा जिल्ला स्तरमा यू–१६, यू–१९, स्कुल स्तरका क्रिकेट प्रतियोगिता गर्ने अवधारणा क्यानले बनाएको छ । जसमा उत्कृष्ट हुने खेलाडीले प्रदेश स्तरमा प्रतिस्पर्धा गर्नेछन ।

प्रदेश लभेल क्रिकेटमा पनि अन्तप्रदेश स्तरमा यू–१६, यू–१९ पुरुष र महिला दुबैका लागि आयोजना गर्ने कार्यतालिकाको ड्राफ्ट बनाएको छ । यो स्तरबाट उनीहरुले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउनेछन ।

क्यालेन्डरमा नेपालको टेष्ट मान्यतालाई मध्यनजर गरेर दुई दिने र तीन दिने प्रतियोगिताको अवधारणा बनाएको छ । जसका लागि यो बर्ष दुई दिने र तीन दिने प्रतियोगिता पुरुष खेलाडीका लागि र दुई दिने महिला खेलाडीका लागि परिचय गराउने योजना छ ।

यसका साथै पछिल्लो पटक नेपालमा आयोजना हुने तीन वटा ठूला फ्रेन्चाइजी लिग क्रिकेट भइरहेका बेला निजी क्षेत्रको लगानी बढिरहेका बेला नेपाल प्रिमियर लिगलाई सुरुवात गराउने क्यालेन्डरको ड्राफ्टमा रहेको छ ।

कुनैपनि खेलाडीलाई अब सिनियर स्तरसम्म पुग्न, स्कुल, क्लव, जिल्ला, प्रदेश, राष्ट्रिय, नेपाल ए हुँदै सिनियर, यो प्रक्रियाबाट अगाडी आउनुपर्नेछ ।

क्यानको नयाँ क्यालेन्डरमा राखिएको घरेलु प्रतियोगिताको अवधारणा

दुई दिने– ९० ओभर एक दिनमा (पुरुष)
दुई दिने (१२० ओभर, चार इनिङ,३०–३० ओभर) महिला खेलाडीका लागि

एकदिवसिय प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता र क्लव क्रिकेट च्याम्पियनसिप पुरुष खेलाडीका लागि (जिल्ला स्तर)

प्रदेश र जिल्ला स्तरमा एकदिवसिय क्रिकेट प्रतियोगिता महिला खेलाडीका लागि

टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता (पुरुष)

नेपाल प्रिमियर लिग (पुरुष)

टी–२० क्रिकेट प्रतियोगिता (महिला)

यसका लागि क्यालेन्डरको प्रस्तावमा कुन प्रतियोगिता कहिले खेलाउने भनेरपनि उल्लेख गरिएको छ ।

प्रस्तावित क्यालेन्डरमा जिल्लाकाे हकमा

भदौ महिनामा जिल्ला स्कुल क्रिकेट लिग केटाको, असोजमा सोहि प्रतियोगिता महिलाका लागि, कार्तिकमा अन्तर जिल्ला कलेज क्रिकेट लिग केटाको गरिने उल्लेख छ ।

यस्तै मंसिर पुषमा रेष्ट, माघमा जिल्ला क्लव च्याम्पियनसिप, फागुनमा फागुनमा जिल्ला स्तर क्रिकेट प्रतियोगिताको अवधारणा छ ।

प्रदेश स्तरमा क्यानले बनाउन लागेको नयाँ क्यालेन्डरको ड्राफ्ट

भदौमा यू–१६ प्रदेश स्तरीय पुरुष क्रिकेट
असोजमा यू–१६ प्रदेश स्तरीय महिला क्रिकेट
कार्तिकमा यू–१९ ५० ओभरको क्रिकेट पुरुष
मंसिरमा यू–१९ ५० ओभरको क्रिकेट महिला
पुषमा रेष्ट
माघमा प्रदेश स्तरको ५० ओभरको क्रिकेट प्रतियोगिता (पुरुष)
फागुनमा प्रदेश स्तर ५० ओभरको क्रिकेट प्रतियोगिता (महिला)

यसका साथै राष्ट्रिय स्तरका प्रतियोगिता प्रदेशका प्रतियोगिता सकिएपछि सुरु गराउने योजना छ ।

यस्तो छ क्यानको नयाँ क्यालेन्डरको ड्राफ्ट
भदौ
जिल्ला स्कुल क्रिकेट लिग (केटा)
प्रदेश यू–१६ प्रदेश स्तरीय क्रिकेट (केटा)
यू–१६ राष्ट्रिय क्रिकेट (केटा) काठमाडौं
असोज
जिल्ला स्कुल क्रिकेट लिग (केटी)
प्रदेश यू–१६ प्रदेश स्तरीय क्रिकेट (केटी)
राष्ट्रिय यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता (केटी) प्रदेश ५ मा गराउने
कार्तिक
जिल्ला ५० ओभरको यू–१९ जिल्ला क्रिकेट प्रतियोगिता (केटा)
प्रदेश ५० ओभरको यू–१९ क्रिकेट (केटा)
केन्द्रिय नेपाल प्रिमियर लिग क्रिकेट
मंसिर
जिल्लामा कुनै प्रतियोगिता छैन
प्रदेश यू–१९ प्रदेश स्तरीय क्रिकेट (महिला)
केन्द्रिय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता (प्रदेश ७ मा गरिने)

बाँकी तलको तालिका हेरौ

यसका साथै क्यानको प्रतियोगिता समितीले यो बर्ष नेपालमा हुँदै आएका फ्रेन्चाइजी लिग र राष्ट्रिय खेलकुद परिषद्लाई समय र मिती दिनेछ । जसमा वमन्स प्रिमियर लिग, पीपीएल, डीपीएल र इपीएल छन ।

यसका साथै जिल्ला र प्रदेशको हकमा यदि कुनैपनि उमेर समुहको अन्तराष्ट्रिय प्रतियोगिता भएमा पनि घरेलु प्रतियोगिता जारी राख्नुपर्नेछ । यदि त्यस्तै अवस्था आएमा कमिटीले क्यानसँगको छलफलपछि परिवर्तन गर्न सक्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey