कर्माचार्य राखेप कोषाध्यक्षमा मनोनित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 278 पटक हेरिएको

माघ १४, काठमाडौं । राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा मनोनित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष माननिय युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले रिक्त रहेको परिषद्को कोषाध्यक्ष पदमा मन्त्रिस्तरीय निर्णयानुसार कर्माचार्यलाई मनोनित गरेका हुन् ।

“खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा ३ बमोजिमको ब्यवस्था अनुसार रिक्त रहेको राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष पदमा तपाईलाई मनोनित गरिएको छ” युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.द्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ ।

कर्माचार्य पूर्व प्रधानमन्त्री सुशिल कोईराला सरकारको पालामा मन्त्री परिषद्को २०७२ साल अशोज ३ गतेको निर्णयानुसार राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal