सदस्य–सचिव सिलवाल सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२१
  • |
  • 835 पटक हेरिएको

काठमाडौं । नेपाल मास्टर्स एथलिट एसोसिएसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सोमबार सम्मान गरेको छ ।

नेपालमा मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद – साग) मा नेपाललाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण योगदान पु¥याएवापत सदस्य–सचिव सिलवाललाई सम्मान गरिएको हो । एसोसिएनका अध्यक्ष जीएन दाई शर्माले सदस्य–सचिव सिलवाललाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा दक्षिण कोरियामा भएको विश्व इन्डोर मास्टर च्याम्पियनसिपको हर्डल्समा छैटौं श्रेणी प्राप्त गरी डिप्लोमा सर्टिफिकेट हासिल गरेका यज्ञलाल श्रेष्ठ तथा एसियन मास्टर एथलिट च्याम्पियनसिपको १ हजार ५ सय मिटर दौडको फाइनलमा आठौं स्थान हासिल गरी डिप्लोमा सर्टिफिकेट प्राप्त गर्न सफल गिर्वाणविक्रम शाहलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सदस्य–सचिव सिलवालले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले परिषद्ले विभिन्न उमेरसमूह र विभिन्न खेलको राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दै आएपनि भेट्रान खेलाडीहरुको कुनैपनि प्रतियोगिता नगरेको हुँदा अब केहि खेल मात्र समावेश गराएर भएपनि भेट्रानहरुको प्रतियोगिता सुरुआत गर्ने सोच बनाएको बताए ।

उनले आसन्न १४ औं सागमा नेपालले ७५ स्वर्ण, एसियाली खेलकुदमा स्वर्ण र ओलम्पिकमा बढी भन्दा बढी खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने वातावरण निर्माण गर्न जरुरी भएको बताउदै त्यो कार्यमा परिषद् अगाडि बढ्ने बताए । उनले एसोसिएसनले गरेको सम्मानलाई सम्मानका रुपमा नभइ आशिर्वादका रुपमा ग्रहण गर्ने धारणा व्यक्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey