चौतारा क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२१
  • |
  • 140 पटक हेरिएको

काठमाडौं । चौतारा नगरपालिका महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भक्तपुर नगरपालिकालाई ३(० को सेटमा पराजित गर्दै चौतारा समूह ए बाट क्वाटरफाइनलमा पुगेको हो ।

चौताराले भक्तपुरलाई २५(१४, २५(२१ र २५(२१ को सेटमा पराजित गर्यो । जितसँगै चौताराले २ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट ४ अंक जोडेको ललितपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई खेलमा पराजित भक्तपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पुरुषतर्फ नै महालक्ष्मी नगरपालिका र पनौती नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ुसीु बाट महालक्ष्मी समूह विजेता र पनौती उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट टोखा बाहिरिएको छ ।

पुरुषकै समूह डी मा कमलामाई नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार कमलामाईले गोदावरीलाई २५(१३, २५(१८ र २५(१८ को सेटमा पराजित गर्यो । यस्तै गोकर्णेश्वरले धुलिखेललाई २५(२३, २५(१४ र २५(१९ को सेटमा हराएको छ ।
चार टिम रहेको यस समूहमा कमलामाईको ६ अंक रहेको छ । गोदावरी र गोकर्णेश्वरको ३र३ अंक रहदा धुलिखेल अंक विहीन रहेको छ ।

महिलातर्फ चन्द्रागिरीले बनेपालाई २५(७, २५(९ र २५(५ को सेटमा हराएको छ । जितसंगै समूह ुएु को चन्द्रागिरीले ३ अंक जोडेको छ । यस समूहमा ललितपुरको पनि ३ अंक रहेको छ । बनेपाले अंक जोड्न सकेको छैन ।

महिलातर्फ नै गोकर्णेश्वरले हेटौडालाई २५(१६, २५(११ र २५(२२ ले हराएर दोस्रो जित निकालेको छ । यस्तै विदुरले टोखालाई २५(२२, २५(५,२३ (२५ र २५(९ ले हराएको छ ।

यस समूह बी मा गोकर्णेश्वरको ६ अंक रहेको छ । हेटौडा र विदुरको ३र३ अंक रहदा टोखाले अंक जोड्न सकेको छैन । ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५र१५ हजार पाउने छन् ।

यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५र५ हजार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal