क्विक्स कपमा दुर्गा सेकेण्डरीको फराकिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२०
  • |
  • 214 पटक हेरिएको

काठमाडौं, २० पुस । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा क्विक्स कप महिला अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु भएको छ । एन्फा मैदानमा शुरु भएको प्रतियोगितामा देशभरबाट छनोट भएर आएका १२ विद्यालयबीच प्रतिस्पर्धा भइरहेको छ ।

१२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । चार वटै समूहबाट २–२ टिमले क्वार्टर फाइनलमा यात्रा तय गर्ने छन् । आइतबार भएको खेलमा समूह एको त्रिवेणी सेकेण्डरी स्कूल विजयी भएको छ । तृजा तामाङको ह्याट्रिक मद्दतले त्रिवेणीले नेपालय इंग्लिस पब्लिक स्कूलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । तृजाले १८, २७ र ४८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

यस्तै श्रृजना राईले छैटौं मिनेटमा गोल गर्दै त्रिवेणीलाई अग्रता दिलाएकी थिइन् भने थप एक गोल ४२ औं मिनेटमा निशा थुलुङले थपिन । नेपालयका लागि जानकी लामिछानेले ४३ औं मिनेटमा गोल फर्काएकी थिइन् ।
यस्तै समूह बीको खेलमा दुर्गा सेकेण्डरी स्कूलले मंगलदीप बोर्डिङ स्कूललाई २१–० गोल अन्तरले पराजित गरेको छ ।
समूह सीको खेलमा ज्वालामुखी स्कूलले छहारी शिक्षालयलय सदनलाई २–० ले पराजित गर्दा समूह डीमा एकता जेम्स इंग्लिस स्कूलले आदर्श सेकेण्डरी स्कूललाई ४–३ गोल अन्तरले पराजित गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal