महानगर कपमा बनेपा क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२०
  • |
  • 299 पटक हेरिएको

 बनेपा नगरपालिका राजधानीमा जारी महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार किर्तिपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै बनेपा क्वाटरफाइनलमा पुगेको हो । जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बनेपाले किर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ को सेटमा पराजित गर्‍यो । जितसँगै समूह बी को बनेपाले ३ अंक जोड्यो । कीर्तिपुर भने दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा किर्तिपुर कागेश्वरी मनोहरासँग पराजित भएको थियो । किर्तिपुरले लगातार दुई खेलमा पराजित भएसँगै कागेश्वरी पनि क्वाटरफाइनलमा पुगेको छ ।

अब यस समूहबाट बनेपा र कागेश्वरीबीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ । पुरुषतर्फको अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई २५–२१, १९–२५,२५–१९ र २५–२१ को सेटमा हराएको छ ।

पुरुषतर्फ आइतबार भएको अर्को खेलमा महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई २५–१४,२५–२३ र २५–२१ को सेटमा पराजित गरेको छ । त्यस्तै कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकामाथि २५–२१,२५–१८ र २५–१९ को सेटमा जित निकालेको छ ।

महिलातर्फ ललितपुर महानगरपालिकाले बनेपालाई ३–० को सेटमा हराएको छ । ललितपुरले बनेपामाथि २५–५,२५–११ र २५–१८ ले पराजित गरेको हो । महिलातर्फ नै हेटौडाले टोखालाई २५–१७, २५–२१ र २५–१७ को सेटमा हराएको छ । त्यस्तै अर्को खेलमा गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५–१७,२५–११ र २५–५ ले हराएको छ ।
ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५ – १५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५– ५ हजार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey