महानगर कप भलिबलमा ललितपुर, गोदावरी र कागेश्वरी मनोहरा विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१९
  • |
  • 159 पटक हेरिएको

ललितपुर महानगरपालिका तथा गोदावरी र कागेश्वरी मनोहरा नगरपालिका महानगर कप भलिबल प्रतियोगितामा विजयी भएका छन् । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आज भएको पुरुष भलिबलमा ललितपुरले भक्तपुर नगरपालिकालाई, गोदावरीले धुलिखेल नगरपालिकालाई तथा कागेश्वरी मनोहरा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई पराजित गरेको हो ।

ललितपुरले भक्तपुरलाई ३२–३०, २५–२७, २५–१६ र २५–२१ अङ्कले हराएको हो । अर्को खेलमा गोदावरीले धुलिखेल नगरपालिकालाई २५–१२, २५–२२ र २५–२३ अंकले पराजित गर्‍यो । तेस्रो खेलमा कागेश्वरी मनोहरा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई २५–१०, २५–१० र २५–६ अङ्कले हरायो । यस्तै महिलातर्फ बनेपा नगरपालिकाले गुप्तेश्वर नगरपालिकाबाट वाक ओभर पायो भने ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाबीचको खेल वर्षाको कारण स्थगित भयो ।

ललितपुर महानगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ टोली सहभागी छन् ।

दुवै स्पर्धाका विजेताले  दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक दिनेश कार्कीले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey