ईन्टर स्कूल फुटसलको उपाधि पब्लिक ज्ञानज्योतीलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१९
  • |
  • 237 पटक हेरिएको

लक्ष्मण बस्नेत
दाङको तुलसीपुरमा सञ्चालित दोस्रो ईन्टर स्कूल फुटसल प्रतियोगिताको उपाधि पब्लिक ज्ञानज्योली तुलसीपुरले जितेको छ । तुलसीपुर युथ क्लबको आयोजनामा शनिबार भएको फाइनलमा ज्ञानज्योतीले तुलसी आवासीय मावि तुलसीपुरलार्य २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन किरण योगीको २ गोल नै पर्याप्त बन्यो ।

उपाधिसँगै ज्ञानज्योतीले नगद ३० हजार पुरस्कार पनि प्राप्त गरेको छ ।  उप विजेता भएको तुलसी माबिले नगद १५ हजारमा चित्त बुझायो । प्रतियोगिताका विजेता टिमलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पुरस्कार प्रदान गरेका थिए ।

स्थानीयस्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका सबै खेल ‘द लेजेण्ड’ फुटसल ग्राउण्डमा सञ्चालन भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey