मानबहादुर श्रेष्ठको टिम गुडिसको अर्को जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१९
  • |
  • 152 पटक हेरिएको

नेपाली भलिबल खेलाडी मानबहादुर श्रेष्ठको टिम गुडिस स्पोर्टसले माल्दिभ्सको पुरुष भलिबल लिगमा अर्को जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा मानबहादुरको टिम गुडिसले पुलिस क्लवलाई तीन दुईको सेटमा जित निकाल्यो ।

मालेमा भएको खेलमा गुडिसले पुलिसको दुई सेटको अग्रतालाई उल्ट्यायो । पहिलो र दोस्रो सेट २५-२२ र २५-१८ गुमाएको गुडिसले त्यसपछि उत्कृष्ट कमब्याक गर्दै जित निकाल्यो ।

गुडिसले तेस्रो सेट २७-२५ चौथो सेट २५-२३ र पाँचौ सेट १५-१३ले आफ्नो पक्ष्यमा पार्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey