अमेरिका र ओमानबिरूद्धकाे सिरीजका लागि कीर्तिपुर मैदान मर्मतकाे काम धमाधम (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१४
  • |
  • 320 पटक हेरिएको

काठमाडौं, १४ पुस । सन् २०२० को फ्रेब्रुअरीमा नेपालमा आयोजना हुने अमेरिका र ओमानको क्रिकेट प्रतियोगिताका लागि तयारी तिव्र पारिएको छ । त्यसका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नियमति काम भइरहेको छ ।

सोमबार कीर्तिपुर मैदानमा पुग्दा आउट फिल्डमा लोलर लगाउने काम भइरहेको थियो । यसैगरी ग्राउण्डस्टाफहरुले पिचमा दुवो लगाउँदै थिए भने वरिपरिको झाडी सफा गर्ने काम पनि भइरहेको थियो ।

कीर्तिपुर मैदानका ग्राउण्ड स्टाफ मधु तामाङले फेब्रुअरी अर्थात माघमा हुने प्रतियोगिताका लागि आफूहरुले तयारी गरिरहेको जानकारी दिए । बाइट उनले चिसो मौसम भएकाले दुवो हरियो हुन केही समय लाग्ने भए पनि अबको दुई चार दिनमा घाँस काटेर माटो टफ स्क्रिनिङ गरिने पनि जानकारी दिए ।

हेरौ मैदानमा कसरी काम भइरहेको छ त यो भिडियोमा ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey