क्रिकेटमा भविष्य खोज्ने लक्ष्यमा मौसम मण्डल (भिडियोसहित)
- नेप्लेज
- |
- २०७६-०९-१४
- |
- 206 पटक हेरिएको
मुक्तिबाबु रेग्मी-
सप्तरीको राजविराजमा जन्मिएका हुन्, मौसम मण्डल । मौसम मण्डल अहिले त्रिवि क्रिकेट मैदानको ग्राउण्ड स्टाफको रुपमा उनका आमा र वुवा कार्यरत छन् । वहिनीसहित सपरिवार कीर्तिपुर बस्ने मौसम अहिले स्नातक तहको अध्ययन पनि गर्दैछन् । ग्राउण्ड स्टाफका छोरा उनी कीर्तिपुरमा बस्न लागेको पनि १० वर्ष भइसकेको छ । नियमित क्रिकेटरसँगको संगतले उनी पनि क्रिकेटमा औधि रुची राख्छन् । फलस्वरुप उनलाई नेपाली राष्ट्रिय टिमका खेलाडीहरुले बलिङ पनि गर्न लगाउँछन् । कलेज लेभलमा टुर्नामेन्ट खेलिसकेका उनी नेपालय इन्टरनेशनलबाट खेलेको टुर्नामेन्टमा म्यान अफ द सिरिज पनि भएका थिए ।
१८ वर्षका उनको नाम सिनियर खेलाडीहरुले ‘लेगी’ राखिदिएका छन् । किन त भन्ने हाम्रो प्रश्नमा खुसीहुँदै मौसमको जवाफ थियो ‘म लेग स्पिनिर बलर हो’ । उनले आउट डोरमा त सिनियर खेलाडीलाई बलिङ गर्ने अवसर त पाएका छैनन् । तर इन्डोरमा अभ्यास गर्दा भने लेग स्पिन बलिङका लागि मौसमलाई खोज्ने गरिन्छ । उनले अधिकांश सिनियर खेलाडीले अभ्यास गर्दा बलिङ गरिसकेका छन् । उनले बलिङ गर्दा अहिलेसम्म नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लाई आउट गर्न सकेका छैनन् । जसले गर्दा भन्छन् ‘ज्ञानेन्द्र दाईलाई बलिङ गर्न गाह्रो हुन्छ ।’
पारस खड्कालाई भने ६–७ पटक आउट गरिसेको बताउने मौसमले भने ‘पारस दाईले सधैं हौसला दिनुहुन्छ, यसरी बलिङ गर भनेर सिकाउनु हुन्छ ।’
घरबाट आमा बुवाले पनि क्रिकेट खेल्न प्रेरित गर्ने भएकाले उनले पनि अब आफूले क्रिकेटमा भविष्य खोज्ने बताउँछन् । कलेजबाट क्रिकेट खेलिसकेका मौसम संविधान दिवसको असबरमा मुलपानीमा भएको प्रतियोगितामा प्रदेश नम्बर २ वाट खेल्ने मौका पाए । त्यतिबेला २ ओभर बलिङ गरेका मौसमले १ विकेट लिए । उक्त विकेट लिए पछि आफू आफ्नो लक्ष्यमा अघि बढ्न सकिन्छ भन्ने विश्वास लागेको बताउँछन् ।
नेपालमा फ्रेन्चाइज क्रिकेटहरु पनि भइरहेका छन् । भर्खरै पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सकिएको छ । उक्त प्रतियोगितामा ट्यालेण्ट हन्टबाट आएका खेलाडीले राम्रो प्रदर्शन गरेको कुरा थाहा पाएका मौसमले अब हुने फ्रेन्चाईज लिग धनगढी प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिगका लागि तयारी थाल्ने योजनामा छन् । उनले भने ‘ती प्रतियोगिताका लागि नियमित दैनिक २ घण्टा अभ्यास गरिरहेको छु । अब हुने प्रतियोगितामा ट्रायल दिएर आफूलाई क्रिकेटमा लगाउने योजनामा छु ।’
लेग स्पिनरको कुरा गर्दा नेपाली खेलाडी सन्दीप लामिछानेको नामा आउँछ । उनले सन्दीप लामिछानेबाट पनि धेरै कुराहरु सिक्न पाएको बताउँछन् । सन्दीप कीर्तिपुर आँउदा आफूले भेटेर धेरै कुराहरु सिक्न पाएको प्रतिक्रिया दिए । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगको पनि फ्लो गर्ने गरेको बताउँने मौसमका विदेशी आदर्श खेलाडी भनेको डेभिड वार्नर हुन । बलिङले मात्रै नेपाली क्रिकेटमा भविष्य खोज्न सकिँदैन भन्ने बुझेका मौसमको लक्ष्य भनेको अलराउण्डर बन्ने छ ।
हेराैं माैसम मण्डलले त्रिवि क्रिकेट मैदानकाे इन्डाेर प्रशिक्षण स्थलमा गरेकाे बलिङ र उनीसँग नेप्लेजले गरेकाे याे कुराकानी