न्यु डायमन्ड कप महिला भलिबल पुस २३ बाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१३
  • |
  • 168 पटक हेरिएको

न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा तेश्रो न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ गतेनदेखि हुने भएको छ ।

प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबकी अध्यक्ष सुनकेशरी मालीले जानकारी गराइन् । प्रतियोगितालाई यसपटक पनि होङगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गर्ने भएको छ । गत वर्ष पनि होङगान्जी नै प्रतियोगिताको मुख्य प्रायोजक थियो । गत वर्ष ५ लाख प्रायोजन गरेको होङगान्जीले तेश्रो संस्करणमा भने १० लाख बढाएर १५ लाख प्रायोजन गर्ने भएको छ ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ, दोश्रोले ३ लाख १ सय १ रुपैयाँ, तेश्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गत वर्षको तुलनामा नगद पुरस्कारमा पहिलो र दोश्रोमा १ लाख तथा तेश्रोमा ५० हजार रुपैयाँले बृद्धि गरिएको प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए । चौथो हुनेले गत वर्ष ५० हजार नगद पाएको थियो ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैयाँ प्रदान गरिने छ । व्यक्तिगत विधाको उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई जनही ७ हजार १ सय १ रुपैयाँ नगदबाट पुरस्कृत गरिने छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २६ लाख रुपैयाँ खर्च हुने छ । चारदिने प्रतियोगिताका खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुने छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलाडी उत्पादनमा न्यु डायमन्डको उल्लेखनिय योगदान रहेको बताउदै प्रतियोगिता आयोजना गरेर भलिबलको विकासमा पनि टेवा पु¥याइरहेको धारणा व्यक्त गरे ।

होङगान्जीका उपाध्यक्ष कुमार श्रेष्ठले न्यु डायमन्डको भलिबल प्रतिको लगाव देखेरै प्रतियोगितालाई सहयोग गरेको बताउदै आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

प्रतियोगिता संयोजक राईले विगतका संस्करण आयोजनामा केहि कठिनाइ भएपनि सबैको सहयोगले बल्ल आएर ढुक्कले प्रतियोगिता आयोजना गर्ने वातारण निर्माण भइरहेको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal