जब युवा समर्थकले पारसकाे खुट्टा नै ढाेगे (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१२
  • |
  • 315 पटक हेरिएको

नेपाली क्रिकेटका सर्वाधिक लोकप्रिय खेलाडी मानिने पारस खड्काको टिम चितवन राइनोजले पोखरा प्रिमियर लिगको उपाधि जित्दा एक समर्थक मैदानमा नै पुगेर उनको खुट्टा ढोगे ।

पारसलाई निकै मनपराउने र आइडल जस्तै मान्ने ती समर्थकले पुरै फाइनल खेलमा चितवनको समर्थन गरेका थिए । जव चितवनले बिराटनगरलाई ३२ रनले हराउँयो र पारस सहित अरु खेलाडी सेलिब्रेसन गरिरहेको अवस्थामा अचानक एक युवा पारसको नजिकै गएर खुटमा आफ्नो शिर राखे ।

यो देखेर पारसपनि अचम्ममा परेका थिए । उनले ती समर्थकलाई बढो सहानुभुमीपूर्वक उठाएर हात मिलाएका थिए । यो क्षणमा चितवनका भुवन कार्की विक्रम सोब, सन्नती पटेल, करण केसी त्यहाँ उपस्थित रहेका थिए । उनीहरु पनि यो क्षणबाट निकै अचम्ममा परेका थिए । उनले पनि ती युवालाई सम्झाएका थिए ।

पारसको ७७ नम्वरको जर्सी लगाएका ती युवालाई पारसले अंकमाल गराएर मैदान बाहिर पठाएका थिए ।

हेराै भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey