रेडिअन्ट, स्वर्णिम र सेबलाई बास्केटबल उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-११
  • |
  • 175 पटक हेरिएको

आठौं एक्सेलिल्सयर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा रेडिअन्ट, सिनियर गल्र्समा स्वर्णिम र जुनियर ब्वाइजमा सेब च्याम्पियन बने ।

सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले न्यु जेनिथलाई ६१–५० ले पाखा लगाउदै उपाधि रक्षा ग¥यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २९ अंक जोडे ।

सिनियर गल्र्समा स्वर्णिमले सिद्धार्थ बनस्थलीलाई ३६–१८ ले पन्छ्याउदै पहिलो भयो । स्वर्णिमकी मोहिनी लोप्चनले २० स्कोर गरिन् । सेब र महामञ्जुश्रीबीचको जुनियर ब्वाइज उपाधि भिडन्तमा सेब २६–१९ ले विजयी भयो । सेबका कुमार तामाङले ९ अंक जोडे ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय उपेन्द्र, मोहिनी र कुमार आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिए ।
विजेतालाई पूर्व सांसद् गीता क्षेत्री, एक्सेल्सियरकी अध्यक्ष शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको सिनियर र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा १३ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey