ठमेलमा बक्सिङका ८ भिडन्त,प्रत्येक बिजेताले ५० हजार पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-११
  • |
  • 235 पटक हेरिएको

जिमखाना मुवाँथाइको आयोजना तथा नेपाल बक्सिङ संघ र नेपाल मुवाँथाई संघको सह आयोजनामा दोस्रो जिमखाना फाइट नाइट शनिबार हुने भएको छ ।

शुक्रबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा शनिबार अपरान्ह ४ बजेदेखि ठमेल स्थित एलओडीमो हुनेछ । ४ वटा खेल बक्सिङतर्फ र मुवाथाईतर्फ ४ गरि जम्मा ८ इभेन्ट हुने बताइएको छ । प्रतियोगिताको प्रत्येक फाइट विजेताले ५० हजार तथा उपबिजेताले २५ हजार प्राप्त गर्नेछन् ।

मुवाँथाईको ६० केजी तौल समुहमा राजु राई बिरुद्ध गुर्णराज रुचाल रहेको छ । ६५ केजीमा ससिन्द्र रंजित बिरुद्ध बिजय लामा,६५ केजीमा रोहित शाही(क) बिरुद्ध रोहीत शाही र ७० केजी तौलमा मन्दिप रानामगर बिरुद्ध रसिब जारीको खेल रहेको छ ।

त्यस्तै बक्सिङतर्फ ६० केजी तौल अन्तर्गत आशिष तामाङ बिरुद्ध बिमल रोक्का, सबिन गुरुङ बिरुद्ध सुरेश नेपाली,७० केजीमा दिवसलाल भुमी बिरुद्ध रवि सुनार र ७५ केजीमा दिपेश लामा बिरुद्ध दानबहादुर दलामी रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey