सवैको प्रदर्शनले टिम फाइनलमा पुग्यौं : कप्तान प्रदीप ऐरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१०
  • |
  • 382 पटक हेरिएको

पोखरा, १० पुस । विराटनगर टाइटन्सका कप्तान प्रदीप ऐरीले सवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकाले टिम फाइनलमा पुगेको बताएका छन् । पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रदीपको टिम विराटनगर टाइटन्सले पारस खड्काको टिम चितवन राइनोजसँग शनिबार खेल्दै छ ।

विहीबार वुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएपछि प्रतिक्रिया दिँदै प्रदीपले प्रतियोगिताको पहिलो खेलमा सोँचे जस्तो प्रदर्शन नभएपनि पछिल्ला दिनहरुमा सुधार हुँदै आएको बताए । उनले भने ‘ हामीले च्याम्पियन जस्तै खेलेका छौं । हामी ट्रफि जित्छौं भनेर आएका छौं । गेम बाइ गेम इम्प्रुभ गर्दै आएका पनि छौं ।’ नेपाली क्रिकेटमा हार्ड हिटरको रुपमा ‘बुम बुम ऐरी’को उपमा पाएका प्रदीपले आजको दिन कुरीरहेको पनि बताए । उनले अन्तिमसम्म टिकेर विराटनगरलाई ठूलो स्कोर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal