दिनिशालाई १२ वर्षमै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०८
  • |
  • 251 पटक हेरिएको

काठमाडौं । कराँते खेलाडी दिनिशा लामाले पहिलो अन्तर्राष्ट्रिय सहभागीतामै स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

दिनिशाले बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय गोजुरियो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी हुन् । गत शनिबार ढाकामा भएको ४५ केजी तौलसमूहमा दिनिशाले फाइनलमा भारतीय खेलाडीलाई ४–१ पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।

दिनिशाले पहिलो चरणमा स्थानीय खेलाडीलाई, सेमीफाइनलमा सिंगापुरकी खेलाडीलाई र फाइनलमा भारतीय खेलाडीलाई हराएकी हुन् । त्रिज्योति उच्चमावि कपनमा ७ कक्षामा अध्ययनरत १२ वर्षीया दिनिशाले पहिलो अन्तर्राष्ट्रिय सहभागीतामै स्वर्णपदक जितेपछि खेलाडीकै रुपमा अगाडि बढ्ने हौसला मिलेको बताएकी छिन् ।

दिनिशा कराँते प्रशिक्षक एवं एसियाली कराँते महासंघका अम्पायर दीपक लामाकी छोरी हुन् । दीपकले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अम्पायरको भूमिका निर्वाह गरेका थिए । दीपकले छोरीले हासिल गरेको सफलतामा खुशी व्यक्त गरेका छन् । उनले छोरीलाई अझ बढी मेहनत गराएर राष्ट्रिय खेलाडी बनाउने लक्ष्य राखेको बताएका छन् ।

दिनिशासंगै पाँच जना खेलाडीहरु ढाका गएकामा काता र कुमुतेमा गरी छ स्वर्ण पदक र एक रजत गरी सात पदक लिएर नेपाल फर्किएको हो । चार टिम सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको छ । आयोजक बंगलादेशका एक सय, सिंगापुरका ४ र भारतका १७० खेलाडी सहभागी रहेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal