ग्रामर र न्यु भिजनलाई फिजम कप

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०८
  • |
  • 416 पटक हेरिएको

ग्रामर र न्यु भिजनले चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ग्रामर ब्वाइज तथा न्यु भिजन गल्र्समा च्याम्पियन बने ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वाराा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले हिमालयलाई ८४–७१ ले पराजित ग¥यो । ग्रामरका क्षितिज महतले २८ अंक जोडे । जेनिअमले हेब्रोनलाई ३६–२३ ले हराउदै तेश्रो भयो । जेनिअमका विशाल बस्नेतले १४ अंक जोडे ।

गोठाटारस्थित मोनास्टिक पब्लिक इङलिस स्कुलको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले ग्रामरलाई १७–११ ले पाखा लगायो । न्यु भिजनका युनिशा बुढाथोकी र सपना थापाले समान ६–६ स्कोर गरे । तेश्रो स्थानका लागि भएको खेलमा जेनिअमले हिमालयलाई १८–१५ ले पन्छायो । जेनिअमकी एरिना श्रेष्ठले ७ अंक जोडिन् ।

ब्वाइजमा ग्रामरका आर्यन मल्ल तथा गल्र्समा न्यु भिजनकी युनिशा बुढाथोकी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा हिमालयका प्रनुप स्याङबो तथा गल्र्समा ग्रामरकी रञ्जना वाइबा सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर प्रनुपले १ सय ५१ तथा रञ्जनाले ८८ अंक जोडे । ब्वाइजमा मोनास्टिक तथा गल्र्समा बेस्ट ग्रुप भिजन अनुशासित टिम चुनिए ।

विजेतालाई कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापा, फिजमका अध्यक्ष आरबी कट्वाल, उपाध्यक्ष अमृत खड्का, सचिव एवं अत्तिरिक्त कृयाकलाप संयोजक सुनिल केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १३ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey