एक्सेल्सियर सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०८
  • |
  • 266 पटक हेरिएको

आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ४४–१८ को फराकिलो अन्तरले पराजित ग¥यो । एक्सेल्सियरको जितमा सशान्त डंगोलले १९ अंक योगदान गरे ।

सिनियर गल्र्समा द चाँदबाग स्कुल, स्वर्णिम र सिद्धार्थ बनस्थलीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । चाँदबागले एभीएमलाई २०–१० ले हरायो । चाँदबागकी दिया गुरुङले ७ स्कोर गरिन् । स्वर्णिमले शिशु निकुञ्जलाई २७–६ ले पाखा लगायो । स्वर्णिमकी मोहिनी लोप्चनले १२ अंक बटुलिन् । सिद्धार्थ बनस्थलीले आयोजक एक्सेल्सियरलाई १८–१३ ले निराश पा¥यो । विजेताकी रक्षा श्रेष्ठले ७ अंक जोडिन् ।

जुनियर ब्वाइजमा रेडिअन्ट पब्लिक स्कुल र सेबले सेमिफाइनल यात्रा तय गरे । डिफेन्डिङ च्याम्पियन रेडिअन्टले नवजीवनको चुनौती २३–१२ ले पन्छायो । विजयी टिमका लागि शिव शाहले १२ स्कोर गरे । स्वर्णिम विरुद्धको खेलमा सेब ३८–१७ ले सहजै विजयी भयो । सेबका कुमार तामाङले ११ अंक जोडे । प्रतियोगिताअन्तर्गत मंगलबार फुटबल भएन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey