दाेस्राे पटक मानबहादुर माल्दिभ्स लिग खेल्न जाँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०८
  • |
  • 453 पटक हेरिएको

नेपाल भलिबल खेलाडी मानबहादुर श्रेष्ठ माल्दिभ्सको लिग खेल्न आजराति जाँदैछन । माल्दिभ्सकाे भलिबल लिगमा मानबहादुले गुडिस स्पोर्ट्स क्लबबाट खेल्ने छन् । 

मानबहादुरलाइ माल्दिभ्सकाे भलिबल लिग अायाेजकले नै प्रस्तवा पठाएका हुन । उनी बिदेशी लिग खेल्न जान लागेकाे याे दाेस्राे पटक हाे । यसअघि पनि उनी माल्दिभ्सकै सिटी स्पाेर्टसबाट खेलेका थिए ।

पछिल्लाे पटक भलिबल संघकाे कारवाहिमा परेका मानबहादुर भलिबलबाट केहि टाढा रहेका छन।  साेहि कारण साग खेल्न नपाएका मानबहादुरका लागि याे लिगले ठुलाे महत्वराख्ने बताए ।

क्लवसँग माैखिक रूपमा पक्कापक्की भएपनि लिखिल हस्ताक्षर भने उतै पुगेपछि हुने मानबहादुरले बताए । जसमा उनले रकमका बारेमा पनि त्यसपछिमात्र थाहा हुने धारणा राखे । उनकाे टिम गुडिसले पहिलाे खेल स्पाेर्टस क्लव हक्कससँग खेल्नेछ ।

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal