एक्सेल्सियर यु–१२ फुटबलको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०९
  • |
  • 217 पटक हेरिएको

काठमाडौं, ९ पुस  । आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित ग¥यो । एक्सेल्सियरका जोयल लामाले ४ तथा निभान पौडेलले १ गोल गरे । रेडिअन्टका खडक रावत र सरिश खड्काले गोल गरे । सोही स्पर्धामा युकेश नेगी र कुलदेव तितुङको ह्याट्रिकमा किड्स लर्निङले काष्ठमण्डपलाई ६–१, ग्रिनफिल्डले रातो बंगलालाई ४–३ तथा पुष्पसदनले बृहस्पतिलाई ३–१ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१६ ब्वाइज फुटबलमा महामञ्जुश्रीले काष्ठमण्डपलाई ४–३, ग्रिनफिल्डले ग्यालेक्सीलाई ३–२, बृहस्पतिले इलाइट को–एडलाई ४–० तथा एक्सेल्सियरले एलआरआईलाई ३–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
बास्केटबलको सिनियर ब्वाइजमा डिफेन्डिङ च्याम्पियन रेडिअन्टले ग्रिनफिल्डलाई ६०–५४, महामञ्जुश्रीले विद्योदयलाई ४२–१७ तथा न्यु जेनिथले एलआरआईलाई ४५–१७ ले पन्छ्याउदै सेमिफाइनलमा पुगे । जुनियर ब्वाइजमा महामञ्जुश्रीले ग्रिनफिल्डलाई २०–१६ तथा पिपुल्स एकेडेमीले बिग बुद्धलाई २७–१० ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाए । गल्र्समा एलआरआईले स्किब्समाथि २०–१२ को जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal