सन्दिप लामिछानेले दिल्लीबाट आईपीएल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 168 पटक हेरिएको

माघ १४, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले इतिहास कायम गर्दै इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्ने भएका छन् । उनलाई आईपीएफको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको छ ।

बैंगलुरुमा जारी खेलाडी बोल कबोल अक्सनको दोस्रो दिन आइतबार २० लाख आधार मूल्य रहेका सन्दिपलाई दिल्ली डेयरडेभिल्सले किनेको हो । दिल्लीबाहेक अन्य फ्रेन्चाइजी टोलीले चासो नदिएपछि सन्दिपको मूल्य बढ्न सकेन ।

दिल्लीका कप्तान गौतम गम्भिर र प्रशिक्षक अष्ट्रेलियाली पूर्व कप्तान रिक्की पोण्टिङ छन् ।

सन् २००७ देखि सुरु भएको आईपीएललाई विश्वकै ठूलो घरेलु क्रिकेट प्रतियोगिता मानिन्छ । सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । यसअघि शक्ति गौचन राजस्थान रोयल्समा ट्रायलका लागि गए पनि अक्सन मार्फत प्रतियोगिता खेल्न पाउने पहिलो नेपाली खेलाडी सन्दिप बनेका छन् ।

२ वर्षअघि यूू–१९ विश्वकप क्रिकेटमा नेपाली टोलीको प्रतिनिधित्व गरेका सन्दिपले त्यसै वर्ष सन् २०१६ को सेप्टेम्बरमा नामिवियाबिरुद्धको खेलसँगै सिनियर टोलीबाट डेब्यू गरेका थिए । त्यसयता उनी राष्ट्रिय टोलीमा नियमित बलर छन् ।

अहिले पनि उनी आईसीसी विश्व क्रिकेट डिभिजन टू को तयारीस्वरुप युएईमा अभ्यासमा छन् । नेपालले माघ २५ देखि फागुन ३ सम्म नामिवियामा डिभिजन टू क्रिकेट खेल्नेछ ।

नेपाली क्रिकेट टोलीका तत्कालीन प्रशिक्षक पुवुदु दाशानायकेले उनको प्रतिभा चिनेर १४ वर्षको उमेरमै चितवनबाट काठमाडौं ल्याएका सन्दिप घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटका सनसनी हुन् । उनी यसअघि बंगलादेश प्रिमियर लिग तथा पाकिस्तान प्रिमियर लिगको पनि अक्सनमा छनोट भएका थिए । तर, बिकेका थिएनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey