अनुभवका लागि दाैडिदा उपाधि नै जितेका नरेन्द्रसिंह रावत यात्रा…

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०५
  • |
  • 301 पटक हेरिएको

एथ्लेटिक्समा सबै भन्दा चुनौती पुर्ण रेसका रुपमा रहन्छ, म्याराथन, म्याराथनमा उपाधि जित्नु कुनैपनि धावकका लागि ठुलो उपलब्धि हो । त्यसमा पनि पहिलो सहभागितामा नै म्याराथनमा उपाधि जित्नु कुनैपनि धावकका लागि एउटा सपना हुन्छ, त्यो सपना पुरा गर्न थोरै मात्र धावक सफल हुन्छन । यस्तैमा आफ्नो करियर कै पहिलो म्याराथनमा नै उपाधि जित्ने धावक बने नरेन्द्रसिंह रावत ।

त्रिभुवन आर्मीका यी धावकले पहिलो पटक म्याराथनमा सहभागिता जनाएका थिए, र पहिलो मा नै सफलता हात पारे । अनुभवका लागि म्याराथनमा नाम दर्ता गराएका नरेन्द्रले यो उपाधि जित्छु भन्ने नलागेको बताए ।

२३ बर्षको उमेरमा हिडिरेहेका उनले मात्र ६ सात महिनाको प्रशिक्षणको भरमा म्याराथन दौडने आँट गरेका थिएन । तर उनले त्यो आँट जित्नका लागि भन्दापनि अनुभवका लागि थियो । दौडौ कस्तो हुन्छ भन्ने सोचेर म्याराथनमा भाग नरेन्द्रको यो पहिलो सहभागिता थियो ।

रेस सकिएपछि उनले म्याराथन दौडन चुनौती रहेको बताए, उनले सुरुवातको १५ किलोमिटरसँग चार जना सँगै रहेको भैपनि तीन किलोमिटरबाँकी हुँदा केहि गाहे भएको बताए । तर अन्तिममा उपाधि जितेपछि निकै खुसी लागेको बताए ।

यसअघि हाफ म्याराथनमा बढि फोकस गरेका उनी दौडन लागेको पाँच बर्ष भयो । २०७५ सालदेखि दौडमा लागेको उनले म्याराथनमा भने कहिलेपनि खेलेका थिएनने । २०१७ सालमा आर्मीमा प्रवेश गरेका नरेन्द्रले क्लवमा छिरेको चार बर्षपछि प्रशिक्षण सुरु गरेका थिए । आर्मीका प्रशिक्षक पुष्पराज ओझाको चेला नरेन्द्रले म्याराथन दौडदापनि मात्र तीन हजारको जुत्ता लगाएर दौडीएका थिए ।

जसका कारण उनलाई रेसमा कठिन पनि भएको थियो । उनले भने आर्थिक अवस्थाका कारण राम्रो जुत्तापनि किन्न पाएको छैन, सामान्य जुत्ताले रेसमा भाग लिएको थिए, जसले खुट्टा पोल्ने, दुख्ने बढि हुँदा रहेछ । अरु धावकले २०–२५ हजारको जुत्ता लगाछन, तर आफ्नो आर्थिक अवस्था राम्रो छैन, अब योबाट आएको पुरस्कारले जुत्ता किन्छु ।

नेपालको सुदुरपश्चिमको जिल्ला बैतडीमा यी धावकले स्कुलमा पढ्दा पहिलो पटक एथ्लेटिक्समा सहभागिता जनाएका थिए । सो बेला क्षेत्रीय स्तरसम्म पुगेका नरेन्द्र १८ बर्षको उमेरमा आर्मीमा प्रवेश गरेका हुन । आर्मी गएको चार बर्षपछि मात्र उनले एथ्लेटिक्समा प्रशिक्षणको मौका पाए । त्यो पनि आन्तरीक रुपमा भएको प्रतिस्पर्धामा शिर्ष १० मा आएपछि उनलाई प्रशिक्षणमा राखियो ।

काठमाडौं म्याराथनको उपाधि जितेपनि उनले अब हाफ म्याराथनमा बढि फोकस हुने बताए । कारण म्याराथनको उपाधि जितेपछि हाफ म्याराथनमा सजिलो हुन्छ भन्ने उनको बुझाई छ । यसका साथै ५ हजार १० हजारमा पनि आफ्नो ध्यान हुने बताए ।
हेराे उनीसँगकाे कुराकानी

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal