नयाँ सिजन रियल मड्रिडका तीन ‘टार्गेट’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 277 पटक हेरिएको

माघ १३ । स्पेनिस महारथी रियल मड्रिड इंग्लिस प्रिमियर लिगका तीन उत्कृष्ट खेलाडी भित्र्याउने योजनामा छ । करिब चार वर्ष ठूलो रकम खर्च नगरेको रियल मड्रिडले आउँदो समरमा ५०० मिलियन पाउण्डसम्म खर्च गर्ने योजना बनाएको छ ।

रियल चेल्सीका प्लेमेकर इडेन हाजार्ड, टोटनह्यामका स्ट्राइकर ह्यारी केन र म्यान्चेष्टर युनाइटेडका गोलकिपर डेविड डि गियालाई सान्टियागो बर्नाबाउ भित्र्याउन चाहन्छ ।

इडेन हाजार्डका लागि रियल मड्रिड २०० मिलियन पाउण्डको कीर्तिमानी सम्झौताका लागि समेत तयार रहेको बुझिएको छ ।

त्यस्तै ह्यारी केनका लागि पनि रियलले २०० मिलियन पाउण्डकै ‘अफर’ गर्ने बुझिएको छ । यस्तै म्यान्चेष्टर युनाइटेडको स्पेनिस गोलकिपर डेविड डि गियाका लागि भने १०० मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको छ ।

खेलाडीमात्र नभई रियल मड्रिड अर्को सिजनका लागि नयाँ प्रशिक्षक भित्र्याउने सोचमा छ । उसले टोटनह्यामका प्रशिक्षक मौरिसियो पोचेटिनोसम्मको पहुँच बढाइसकेको छ ।

हाल रियल म्याड्रिड खराब फर्ममा छ । ला लिगामा बार्सिलोना भन्दा १६ अंकले पछाडि छ । ला लिगमा उसले २० खेलमा ३८ अंक जोड्दा ११ वटा खेलमा मात्र जित हात पारेको छ । यस्तै कोपा डेल रेमा पनि लेगानेसबाट पराजित हुँदै क्वार्टर फाइनलबाटै बाहिरिइसकेको छ ।

पछिल्लो चार वर्षयता रियल मड्रिडले खेलाडी भित्र्याउन ठूलो रकम खर्च गरेको छैन । रियल मड्रिड सबै भन्दा धेरै कमाउने फुटबल क्लबको अग्रपंत्तिमा छ ।

खराब प्रदर्शन पछि रियलले अब ठूलो रकम खर्चिएर यो सिजन गुमेको शाख फर्काउन प्रयास गर्नेछ ।

तीनमध्ये इंग्लिस स्ट्राइकर ह्यारी केन किन्न तुलनात्मक रुपमा असहज हुनेछ । टोटनह्यामसँग भावनात्मक सम्बन्ध भएका ह्यारी केनको राम्रो प्रोफाइल छ । उनको यही छवीका कारण रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि प्रभावित छन् ।

तर, टोटनह्यामले यस अघि नै स्पष्ट पारिसकेको छ कि विश्व रेकर्डको ट्रान्सफरको लोभमा उसले केनलाई बेच्ने छैन । केन अर्को साल निर्माण सम्पन्न हुने स्पर्सको नयाँ मैदानमा खेल्न चाहेमा रियल आउनेछैनन् ।

प्रशिक्षक पोचेटिनोसँगको घनिष्ट सम्बन्धलाई यथावत राख्दै जोडीलाई नै बर्नाबाउ भित्र्याउनसमेत रियल तयार छ । यदि रियलले आधिकारिक रुपमा यो प्रस्ताव अघि सारेमा केन पनि सोच्न बाध्य हुनेछन् । किनभने विश्व फुटबलमा रियल मड्रिडको हैसियत टोटनह्यामको भन्दा धेरै माथि छ । त्यसमाथि केनले अझ तिखारिने मौकासमेत पाउनेछन् ।

रियल छाड्ने मुडमा जिदाने

रियल प्रशिक्षक जिनेदिन जिदान पनि अर्को सिजन मड्रिड छोड्ने मुडमा छन् । खेलाडी करियरको अन्तिममा रियलमा बिताएका फ्रेन्चम्यान जिदानले प्रशिक्षण करियर रियलबाटै सुरु गरेका हुन् ।

अघिल्लो सिजन रियललाई युइएफए च्याम्पियन्स लिग, ला लिगा र स्पेनिस सुपरकप सहित पाँच उपाधि जिताएका जिदाने फ्रेन्च क्लब पीएसजीसँग जोडिने मनसायमा छन् ।

उनी पनि इडिन हाजार्डलाई अनुबन्ध गर्न चाहन्छन् । हाजार्डका पिताले चेल्सीसँगको सम्झौता नवीकरण नगर्ने बताइरहँदा हाजार्डले भने यो कुरा सत्य नभएको प्रष्ट पारेका छन् ।

हाल रियल म्याड्रिड उत्कृष्ट गोलकिपरको खोजीमा छ । पोस्टको जिम्मेवारीका लागि रियल पनि डि गिया सबैभन्दा राम्रो विकल्पका रुपमा मान्दछ । सन् २०१५ मा रफायल बेनिटेज डि गियासँग अनुबन्धको नजिक पुगे पनि ट्रान्सफर अवधि नाघेकाले उनी बर्नाबाउसँग जोडिन सकेनन् ।

युनाइटेडले डि गियाका लागि १०० मिलियन पाउण्ड भन्दा बढीको माग गरेमा विकल्पका रुपमा चेल्सी गोलकिपर थियाट कट्र्वा पनि रियलको नजरमा छन् ।

रियलले सन् २०१० देखि १७ सम्मको खेलाडी किनवेचमा जम्म १७२ मिलियन पाउण्डमात्र खर्च गरेको छ । यस अवधिमा दुई वटा च्याम्पियन्स लिग, ला लिगा र अन्य ठूला प्रतियोगिताको उपाधिसँगै सबैभन्दा धेरै कमाई गर्ने क्लबको दोस्रो स्थानमा पनि उक्लिन सफल भयो ।

एजेन्सी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey