एपीएफ र आर्मीकाे महिला फुटबलमा प्रभावशाली जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०२
  • |
  • 449 पटक हेरिएको

प्रधानसेनापती अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधिको दावेदार एपीएफ क्लवले प्रदेश एक लाई नौ शुन्यले हराएको छ । एपीएफको जितमा अनिता बस्नेत र सावित्रा भण्डारीले ह्याट्रिक गरे ।

लगनखेल स्थित आर्मीको मैदानमा भएको खेलमा एपीएफले सुरुवात देखि अन्त्यसम्म लगातार गोल गर्यो । खेलको पाँचौ मिनेटमा पहिलो गोल गरेको एपीएफले इन्जुरी समयसम्म गोल गरेको थियो ।

पाँचौ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि अनिता बस्नेतले लगातार दुई गोल गर्दै टिमको अन्तर तीन शुन्यमा पुर्याइन । उनले खेलको १६ औं र २१ औं मिनेटमा गोल गरेकी थिइन ।

४० ओं मिनेटमा रेनुका नगरकोटीको गोलमा एपीएफले चार शुन्यको अग्रता बनायो । पहिलो हाफमा चार गोल गरेको एपीएफले दोस्रो हाफमा ५ गोल थप्यो । ४८ औं मिनेटमा अनु लामाले गोल गरिन । त्यसपछि सावित्रा भण्डारीले लगातार तीन गोल थपिन । जसमा उनले ६२ औं, ६५ औं, ७७ औं मिनेटमा गोल गरिन ।

यसका साथै उनले आफ्ना ह्याट्रिक पनि पुरा गरिन । खेलको इन्जुरी समयमा अनिताले पनि गोलगरेपछि ब्यक्तिगत ह्याटिङ पुरा गरिन भने एपीएफले नौ शुन्यको जित दर्ता गर्यो ।

अर्को खेलमा आर्मीले पश्चिमाञ्चललाई १०–० लाई हरायो । उसको जितमा रश्मी घिसिङले चार तथा सर्मिला थापा र सपना लामाले दुई दुई गोल गरिन । यस्तै अञ्जली वाइबा, दिपा राईले एक एक गोल गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal