घरेलु क्रिकेटमा दुर्लभ पारी खेलेका ज्ञानेन्द्रले के भने (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०२
  • |
  • 193 पटक हेरिएको

ज्ञानेन्द्र मल्लले पोखरा प्रिमियर लिगकै पहिलो शतक प्रहार गरेका छन । जारी लिगमा ज्ञानेन्द्रले धनगढी ब्लुज विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ३७ वलमा शतक पुरा गरेका थिए । घरेलु लिगमा पहिलो शतक प्रहार गरेका ज्ञानेन्द्रको दुर्लभ पारी युवा ब्याट्सम्यानका लागि पनि सिक्ने अवसरका रुपमा रह्यो ।

ज्ञानेन्दका लागि मात्र होइन उनको टिम काठमान्डौ गोल्डेन वारियर्सका लागि पनि धनगढी ब्लुज विरुद्धको खेल महत्वपुर्ण रहेको थियो । अघिल्ला दुइ खेलमा हार बेहोरेका कारण प्रतियोगितामा टिकी राख्न काठमान्डौलाइ यो खेल जित्नै पर्ने दवाव थियो । आफ्नो प्रर्दशन र टिमको पनि राम्रो नभइरहेको अवस्थामा ज्ञानेन्द्रमाथि राम्रो रन बनाउनु पर्ने दवाव थियो । सुरुवात देखीनै क्लासिकल सट खेलेका ज्ञानेन्द्रले २४ वलमा अर्ध शतक पुरा गरे ।
दुइ साताको अन्तरमा ज्ञानेन्द्रको टि ट्वान्टीमा यो दोस्रो शतक हो । १३ औं दक्षिण एशीयाली खेलकुदमा उनले भुटान विरुद्ध शतक हानेका थिए ।
सतक प्रहार गरेका ज्ञानेन्द्रले के भनेः

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey