पोखरा प्रिमियर लिगमा ज्ञानेन्द्रको पहिलो शतक, काठमाडौं टिमको पनि पहिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०२
  • |
  • 252 पटक हेरिएको

पाेखरा, २ पुस । पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाडौंले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा समेटिन पुग्यो ।

ज्ञानेन्द्रकाे शतक

विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ रन बनाउँदा सन्दीप सुनार आउट भएका थिए । दोस्रो विकेटको रुपमा श्रीमन्था वाजिरत्ने आउट भएका थिए । १५ रन बनाएर वाजिरत्ने आउट हुँदा धनगढीको स्कोरबोर्डमा २७ रन रहेको थियो । तेस्रो विकेटको रुपमा रोड्रिगो थोमस व्यक्तिगत १० रन बनाएर पेभेलियन फर्किए । सौरभ खनालले ९ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर आउट भए । सन्दीप जोराले ७ रन बनाउँदा अमित यादवले तीन तथा कमल सिंह ऐरी सात रन बनाएर आउट भए । ६० रन हुँदा ८ विकेट गुमाएको धनगढीका लागि विक्रम ठगुन्ना र सागर ढकालले इनिङ अघि बढाउने प्रयास गरे पनि सफल भने हुन सकेनन् । ठगुन्ना नवौं विकेटको रुपमा ९ रन बनाएर आउट भए । ढकालले ६ रन बनाए ।

धनगढीको इनिङ ध्वस्त बनाउनका लागि बसन्त रेग्मीले तीन विकेट लिँदा पवन शर्राफ र सुवोध भाटीले २–२ विकेट लिए र यसैगरी अमृत भट्टराई र सुशन भारीले एक एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं गोल्डेन्स वारिसर्यले निर्धारित १७ ओभरको खेलमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
पोखरा मैदानमा हुस्सुलागेपछि १७ ओभरमा झारिएको खेलमा टस हारेर काठमाडौंले पहिला ब्याटिङ गरेको थियो । सुरुआत भने राम्रो गर्न नसकेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारि खेलेका थिए । उनले ३८ बल खेल्दै १०० रनको शतकीय पारि खेले ।
घरेलु क्रिकेटमा सतक बनाउने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन । यसअघि आसिफ शेखले इपीएलमा सतक बनाएका थिए । यस्तै पोखरा प्रिमियर लिगमा शतक बनाउने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् ।

गौरब तोमारलाई शुुन्य रनमा गुमाएको काठमाडौंको इनिङ्सलाई जयकिशन कोल्सावाला र अमित श्रेष्ठले अगाडि बढाएका थिए । यी दुईकाबीचमा ५१ रनको साझेदारी भएको थियो । अमित २१ बलमा ३४ रन जोड्दै आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्रले ३७ बलमा शतक पुरा गरे ।

आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले शतक बनाउँदा ९ छक्का र ८ चौका प्रहार गरे । शतक प्रहार गरे लगत्तैको बलमा ज्ञानेन्द्र आउट भएका थिए । यसैगरी कोल्सावाला चौथो विकेटको रुपमा ४६रन बनाएर पेभेलिनय फर्किएका थिए । उनले ४६रन बनाउँदा ४ चौका र २ छक्का प्रहार गरे । पाँचौं विकेटको रुपमा शुवोध भाटी आउट भए । उनले खाता नै खोल्न सकेनन् । धनगढीका कमलसिंह ऐरीले चार विकेट लिँदा सागर ढकालले एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey