बक्सिङको एशियाड छनोटमा आर्मीको बर्चस्व

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२९
  • |
  • 177 पटक हेरिएको

नेप्लेज, २९ चैत । इण्डोनेशियामा हुने एशियाली खेलकुदका लालि बक्सिङको छनोटमा त्रिभुवन आर्मीका खेलाडीले बर्चश्व कायम गरेका छन् ।

सातदोवाटोस्थित बक्सिङ रिङमा भएको छनोट प्रतियोगिताको पहिलो दिन बिहीबार पुरुषतर्फ ४९ केजीमूनि तौलसमूहमा आर्मीका तेजबहादुर देउवाले सुनसरीका सुलभ तुलाधरलाई अंकका आधारमा हराउँदै एशियाडका लागि छनोट भए ।

त्यस्तै पुरुष ५६ केजीमा आर्मीका बिमल रोकाले एपीएफका पुरन राईलाई अंकका आधारमा हराउँदै छनोट भएका छन् । उनुभवी खेलाडी पुरनबिरुद्ध आर्मीका बिमलले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए ।

पुरुष ६० केजीमा पनि आर्मीकै एकवहादुर घले छनोट भएका छन् । उनले झापाका प्रकाश इजम लिम्बुलाई अंकका आधारमा हराएका थिए ।

पुरुषतर्फनै ६४ केजीमा नेपाल पुलिसका भुपेन्द्र थापा र ७५ केजीमा आर्मीका दिपक श्रेष्ठ प्रतिस्पर्धा नभएका कारण स्वतःछनोटमा परेका छन् ।

यता महिलातर्फको ५७ केजी तौल समूहमा एपीएफका संगीता सुनारले आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा हराउदै एशियाडका लागि छनोट भइन् ।

६० केजीमा आर्मीकी पुनम रावलले एपीएफकी सरस्वती रानामगरलाई अंकका आधारमा हराउदै छनोट चरण पार गरेकी छन् । आफ्नो तौलसमूहमा पछिल्लो १० वर्षदेखि अपराजित सरस्वतीलाई पुनमले पराजित गर्न सफल भइन् ।

महिला ५१ केजी तौल समूहमा एपीएफकी माला राई फाइनलमा प्रवेश गरेकी छन् । उनले सेमिफाइनलमा आर्मीकी ललिता महर्जनलाई अंकका आधारमा हराइन् । शुक्रवार हुने फाइनल भिड्न्तमा मालाले आर्मीकी बिमला श्रेष्ठसँग एशियाड छनोटका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

शुक्रवार पुरुषतर्फ पनि ५२ र ६९ केजी तौलसमूहको फाइनल खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey