एमसीसीकाे ३ बर्षे क्रिकेट प्राेजेक्ट नेपाल सुरू (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२९
  • |
  • 213 पटक हेरिएको

मेरलीबोन क्रिकेट क्लव एमसीसीले नेपालमा क्रिकेट विकाशका लागि नयाँ प्रोजेक्टको सुरुवात गरेको छ । अघिल्लो महिना पहिलो पटक नेपाल भ्रमण गरेको एमसीसीले नेपालमा प्रतियोगिता खेल्नुका साथै पोखरामा क्रिकेट बिकाशका लागि प्रोजेक्ट सुरु गरेको छ ।

पोखरामा रहेका किडासा नामक संस्थासँग मिलेर एमसीसीले सो प्रोजेष्ट सुरु गरेको हो । पोखरामा रहेका विभिन्न पाँच वटा स्कुलमा पिच, नेटहरु निर्माण गर्नुका साथै क्रिकेट प्रशिक्षणका लागि प्रशिक्षक पनि राखेको छ । जसमा २० स्थानीय प्रशिक्षक र शिक्षक राखेको छ ।

यसका साथै उसले पाँच वटै स्कुलमा क्रिकेट किट्सपनि दिएको छ । तीन बर्षे यो प्रोजेक्टले गरिव तथा निमुखा बालबालिका जो क्रिकेट खेल्ने चाहना गर्छन उनीहरुलाई सिकाउन मद्दत गर्नेछ ।

यसका साथै सो प्रोजेक्टले १५ स्कुलमा बिधार्थीलाई प्रशिक्षण दिनेछ । एमसीसीको टिमले नेपालमा टुर गर्दा पोखरामा पनि दुई वटा खेल खेलेको थियो । त्यसपछि टिमले पोखराका विभिन्न स्थानमा रहेका स्कुलमा पुगेर बालबालिकालाई क्रिकेटको आधारभुत स्किल सिकाएको थियो ।
यो प्रोजेक्टनले नेपालमा क्रिकेटको बिकाशमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

हेरौ भिडियोमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey