डेढ दशकपछि पहिलाे क्लवमा फर्किएकाे अनिल गुरूङकाे अनुभव (भिडियाे कुराकानी)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२८
  • |
  • 236 पटक हेरिएको

ब्रिगेड ब्वाइज क्लब बीबीसी, यो क्लबसँग राष्ट्रिय फुटबलका पुर्व कप्तान अनिल गुरुङको सम्बन्ध डेढ दशक पुरानो छ । वास्तविक व्यवसायिक करियर उनले यहीँबाट सुरु गरेका हुन् । १६ वर्षको उमेरमा राष्ट्रिय स्तरको प्लेटफर्म दिने क्लब बीबीसी नै बन्यो । र अहिले अनिल त्यहीँ पुगेर यो सिजनको ए डिभिजन लिग सुरू गरेका छन ।

शनिबारबाट सूरु भएको ए डिभिजन लिग लागि अनुभवी अनिल बिबिसीका युवा खेलाडीसँग उद्घाटन खेलकालागि मैदानमा उत्रिए । ठिक १५ वर्ष अघिको जस्तो अनुभव उनलाई भइरहेको थियो । सबै युवा खेलाडीका बिच उनलाई आफु पनि युवा भर्खर डेब्यु गरेको अनुभुत भइरहेको छ । उही जर्सी, उही क्लबबाट लिगमा प्रतिनिधीत्व गर्दा नोस्टाल्जिक भइरहेका छन् ।

डेढ दशक अघि पोखराको साहारा क्लबबाट खेलिरहेको बेला बिबिसीले उनको खेलबाट प्रभावित भएर काठमाडौँ ल्याएको थियो । उनले मात्र एक वर्ष बिताए बिबिसीमा । त्यही एक वर्ष बीबीसीबाट पर्याप्त एक्सपोजर पाए र अनिलले आफुलाई अब्बल खेलाडी भनेर समेत उनले प्रमाणित गरे । त्यसपछि थ्रीस्टार , मनाङ मस्र्याङदी जस्ता ठुला क्लबमा अनुबन्ध भएकाअनिलले भारतीय क्लब सिलोङ लाजोङबाट समेत खेल्ने मौकापाए । व्यवसायिक र अन्तराष्ट्रिय करियरमासमेत सफलता हातपार्नुको श्रेय उनी बिबिसीलाई दिन्छन् ।

हेराै अनिलसँगकाे छाेटाे कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey