सागका पदकधारीलाई आज नगर परिक्रमा गराईंदै (रुटसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२७
  • |
  • 244 पटक हेरिएको

काठमाडौं, २७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीहरुलाई आज नगरपरिक्रमा गराइने भएको छ । मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कास्य गरि २०६ पदक जितेको छ । पदक विजेता खेलाडीहरुलाई आज विहान ११ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट नगरपक्रिमा शुरु हुने राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरबाट सुरु भइ न्यु रोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटिमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुंगिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey